emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय विस्तारित बैठक सुरु

source e-Madhesh २०८१ फाल्गुन १२ गते , सोमबार
0
Shares
26
Views
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय विस्तारित बैठक सुरु

 

ईमधेश न्यूज सम्वावददाता,
काठमाडौं, १२ फाल्गुन । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आजदेखि सुरु भएको छ। पार्टीको पहिलो केन्द्रीय विस्तारित बैठक सोमबारदेखि सुरु भई भोलीसम्म जारी रहनेछ। बैठकमा विभिन्न प्रस्तावहरूमा गहन छलफल गरिने पार्टीले जनाएको छ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूको सपथग्रहण समारोह सम्पन्न भयो, जसमा १७ विभिन्न भाषामा सपथ ग्रहण गरियो। विशेष रूपमा, सपथग्रहण कार्यक्रमले नेपालका विविध भाषा–संस्कृतिलाई सम्मान गर्ने उद्देश्य राखेको थियो।
मैले स्वयं मगही भाषामा सपथ ग्रहण गरेँ, जसले भाषिक पहिचान र विविधतालाई थप सशक्त बनाएको महसुस गरियो। बैठकमा पार्टीको भावी रणनीति, संगठन विस्तार, नीति निर्माण तथा अन्य महत्वपूर्ण विषयहरूमा छलफल हुने बताइएको छ।
यस बैठकले राष्ट्रिय मुक्ति पार्टी नेपालको आगामी दिशा तय गर्ने विश्वास लिइएको छ। पार्टीका नेताहरूले एकता, समावेशिता, र राजनीतिक सुधारका एजेन्डाहरूलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार