emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मन्त्री साहद्वारा हनुमाननगरमा सडक र विद्यालय भवनको शिलान्यास

source e-Madhesh २०८१ फाल्गुन ११ गते , आइतबार
0
Shares
36
Views
मन्त्री साहद्वारा हनुमाननगरमा सडक र विद्यालय भवनको शिलान्यास


लिलाकान्त यादव,
काठमाडौं, ११ फाल्गुन ।
 महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ मा विभिन्न विकास परियोजनाको शिलान्यास गर्नुभएको छ।
मन्त्री साहको पहलमा महावीर चोकस्थित भगवती स्थानदेखि हनुमान मन्दिरको गेटसम्मको सडक निर्माणका लागि भौतिक मन्त्रालयबाट १ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै, हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित महावीर उच्च माध्यमिक विद्यालयमा थप भवन निर्माणका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ।
शिलान्यास समारोहमा स्थानीय जनप्रतिनिधिहरू, विद्यालय प्रशासन, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री साहले “स्थानीय पूर्वाधारको विकास सरकारको प्राथमिकता भएको“ उल्लेख गर्दै सडक तथा शैक्षिक संरचना सुधारमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय बासिन्दाले मन्त्री साहको पहलको स्वागत गर्दै समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे। विद्यालय प्रशासनले पनि नयाँ भवन निर्माणपछि विद्यार्थीहरूलाई अध्ययनमा सहजता हुने विश्वास व्यक्त गरेको छ।
मन्त्री साहले आगामी दिनमा स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार सुधारका अन्य परियोजनाहरू पनि अघि बढाइने जानकारी गराउनु भयो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार