emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल इन्जिनियरिङ कलेजका ६ विद्यार्थीलाई कुलपति स्वर्ण पदक

source e-Madhesh २०८१ फाल्गुन ८ गते , बिहीबार
0
Shares
42
Views
नेपाल इन्जिनियरिङ कलेजका ६ विद्यार्थीलाई कुलपति स्वर्ण पदक

लिलाकान्त यादव,
काठमाडौं, ०८ फाल्गुन ।
 नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीले कुलपति स्वर्ण पदक प्राप्त गरेका छन्। बिहीबार पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहमा उनीहरूलाई उक्त पदक प्रदान गरिनेछ।
कलेजको स्नातकोत्तर तह अन्तर्गत कन्ट्रक्सन म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीहरू आशिष पोखरेल, मनोज अर्याल, निश्चल सिलवाल, कुशल भुसाल, मनिषा भट्टराई र स्वस्तीका भट्टराई लाई स्वर्ण पदक प्रदान गरिने भएको हो।
स्नातकोत्तर तहमै अध्ययनरत अन्य ८ विद्यार्थी डीन लिस्टमा पर्न सफल भएका छन्।
कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार, यो वर्ष स्नातक र स्नातकोत्तर तहका गरी कुल ३४ विद्यार्थीहरू कुलपति स्वर्ण पदक र डीन लिस्टमा परेका छन्।
नेपाल इन्जिनियरिङ कलेजलाई नेपाल इन्जिनियरिङ परिषद्ले स्थायी अनुमति प्रदान गरिसकेको छ। मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उत्कृष्ट शिक्षण संस्थामध्ये एक हो।
नेक सिपिएस अन्तर्गत कन्ट्रक्सन म्यानेजमेन्ट, ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, इन्टर डिस्प्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट जस्ता स्नातकोत्तर कार्यक्रमहरूमा २०२५ का लागि भर्ना खुला रहेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार