emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बोदे बरसाईन नगरपालिका सप्तरीमा विज्ञान प्रदर्शनी मेला सुरू

source e-Madhesh २०८१ फाल्गुन ८ गते , बिहीबार
0
Shares
16
Views
बोदे बरसाईन नगरपालिका सप्तरीमा विज्ञान प्रदर्शनी मेला सुरू

उमेश कुमार यादव,
राजविराज, ०८ फाल्गुन ।
 प्रजातन्त्र दिवसको अवसरमा सप्तरीको बोदे बरसाईन नगरपालिकामा एक दिवसीय विज्ञान प्रदर्शनी मेला सुरू भएको छ। नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वडा नम्बर–९ स्थित श्री जनता आधारभूत विद्यालय, देउरी मा सम्पन्न भएको यो मेला विद्यार्थी र स्थानीय प्रतिभाहरूको वैज्ञानिक सृजनात्मकता उजागर गर्ने उद्देश्यले आयोजित गरिएको हो।
बोदे बरसाईनका नगरप्रमुख आतेश कुमार सिंहले मेलाको उद्घाटन गरेका हुन्। कार्यक्रममा वडा नम्बर–९ का अध्यक्ष तपसी यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य डा. सूर्य प्रसाद यादव, नगर शिक्षा अधिकृत रामसागर यादव, पत्रकार लोकेन्द्र प्रसाद यादव लगायत शिक्षक, विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो।
नगर शिक्षा अधिकृत रामसागर यादवका अनुसार यो मेलाले विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि, सृजनशीलता अभिवृद्धि गर्ने तथा समुदायमा विज्ञान तथा प्रविधिसम्बन्धी जनचेतना फैलाउने लक्ष्य राखेको छ।
प्रतियोगिताहरू र सहभागी विद्यालयहरूमा नगरस्तरीय शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रम २०८१ अन्तर्गत  चित्रकला प्रतियोगिता (कक्षा १–५), नृत्य प्रतियोगिता (कक्षा ६–८) र विज्ञान प्रदर्शनी (कक्षा १–१२) गर्नेछ । नगरपालिका भित्रका ३० सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफ्ना वैज्ञानिक परियोजनाहरू प्रस्तुत गरेका छन्।सहभागी विद्यालयहरूलाई यातायात खर्च र भोजनको सुविधा प्रदान गरिएको छ।
नगरप्रमुख आतेश कुमार सिंहले विज्ञान प्रवद्र्धन गर्ने यस्ता कार्यक्रमहरूलाई भविष्यमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। विद्यालयहरूबीच वैज्ञानिक प्रतिस्पर्धा र ज्ञान आदान–प्रदानको उत्कृष्ट थलो बन्ने विश्वास उनले व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक जगदेव यादवले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी, र स्थानीयलाई स्वागत गर्दै मेलाको सफल आयोजनामा सबैको सहकार्यको महत्त्व उल्लेख गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सिडियोको अवरोधले पलाँता गाउँपालिकाको सेवा प्रभावित, न्याय खोज्दै अध्यक्ष रोकाया काठमाडौंमा
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
सप्तरी–३ मा उपेन्द्र यादवको घरदैलो अभियान सुरु
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि र सेना दिवसले धार्मिक आस्था र राष्ट्रिय एकतालाई सुदृढ बनाओस्: उपराष्ट्रपति यादव
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
महाशिवरात्रि आजः देशभर श्रद्धा, भक्ति र आध्यात्मिक जागरण
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
वर्टिकल फार्मिङमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने जसपा नेपालको घोषणा
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
जागरूक एवं नैतिक सहभागिता के लिए मतदाता शिक्षा 
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
गौर डुबानको जोखिम बढ्ने चिन्ता—बाँध मर्मतका नाममा उच्चाइ बढाउने र साइफन बन्द गर्ने काम तीव्र, प्रशासन मौन
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
सप्तरी क्षेत्र १ मा कुनै कुनै दल द्वारा आचारसंहिता उलङ्घन 
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव
हुलाकी सडक ३० वर्षसम्म अधुरै रहनुमा कांग्रेस–कम्युनिष्ट जिम्मेवार: उपेन्द्र यादव