emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नवौं निर्वाचन दिवस, २०८१ विशेष कार्यक्रमका साथ मनाइयो

source e-Madhesh २०८१ फाल्गुन ७ गते , बुधबार
0
Shares
17
Views
नवौं निर्वाचन दिवस, २०८१ विशेष कार्यक्रमका साथ मनाइयो

नवौं निर्वाचन दिवस, २०८१ विशेष कार्यक्रमका साथ मनाइयो
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०७ फाल्गुन ।
 निर्वाचन आयोगले नवौं निर्वाचन दिवस, २०८१ “निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ।
२०७३ सालदेखि प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको आयोगले यस वर्ष फागुन ६, ७, र ८ गते विविध कार्यक्रम आयोजना गरेको छ। निर्वाचन सुधार, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको प्रयोग, नागरिक सहभागिता, राजनीतिक दलहरूको भूमिका, र आम सञ्चारका विषयमा परिसंवाद कार्यक्रम सम्पन्न भयो।
आज आयोगको सभाहलमा प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाको अध्यक्षतामा मूल समारोह सम्पन्न भयो। सो अवसरमा दोलखा, स्याङ्जा, र डडेलधुराका नवनिर्मित कार्यालय भवनहरूको भर्चुअल उद्घाटन गरिएको थियो। आयोग परिसरमा सरसफाई कार्यक्रम पनि सञ्चालन गरियो।
नवौं निर्वाचन दिवसको अवसरमा निर्वाचन स्मारिका, २०८१ र नेपालको निर्वाचन इतिहास भाग–३ को विमोचन गरियो। साथै, अवकाश प्राप्त कर्मचारीहरूलाई सम्मान गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने १० जना कर्मचारीलाई “उत्कृष्ट कर्मचारी पुरस्कार” प्रदान गरियो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सुधार, सामाजिक सञ्जाल तथा कृत्रिम बौद्धिकताको उपयोग, र नागरिक सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्। साथै, राष्ट्रसेवक कर्मचारीहरूलाई उच्च मनोबलका साथ लाग्न प्रेरित गर्दै, आम मतदातालाई निर्वाचन दिवसको शुभकामना व्यक्त गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार