emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडित विस्थापित हुने खतरा

source e-Madhesh २०८१ फाल्गुन ७ गते , बुधबार
0
Shares
26
Views
सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडित विस्थापित हुने खतरा

 

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०७ फाल्गुन ।
पशुपति क्षेत्र विकास कोषको जग्गामा भूमाफियाहरूको संरक्षणमा सुकुम्बासीको नाममा शक्तिशाली व्यक्तिहरूले हुकुम चलाएको आरोप लागेको छ। राजधानीको संवाद डबलीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पीडित तथा सरोकारवालाहरूले वास्तविक सुकुम्बासीहरूलाई लखेटेर धनाढ्यहरूको कब्जा बढ्दै गएको गुनासो गरेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित सुकुम्बासी बस्तीको जग्गा अनियमित रूपमा किनबेच तथा प्लटिङ भएको सामाजिक अभियन्ता तारा बरालले बताइन्। उनले भूमिहीन नागरिकहरूको नाममा भएको व्यवस्थालाई आर्थिक चलखेलको माध्यम बनाइएको आरोप लगाइन्।
नेकपा (माओवादी केन्द्र) नेता छविन्द्रराज कँडेलले राजनीतिक आवरणमा वास्तविक सुकुम्बासीहरूलाई विस्थापित गरि धनाढ्यहरूसँग आर्थिक लेनदेन भएको बताए। अभियन्ता विष्णु रिमालले पीडित कृष्णमाया उप्रेतिलाई हटाएर अर्को व्यक्तिलाई राख्न खोजिएको गैरकानुनी कार्य रहेको बताए।
यसैबीच, दुर्गा प्रसाईं अभियानका केन्द्रीय सदस्य कुमार बस्नेतले पशुपति क्षेत्रजस्तो धार्मिक स्थललाई सरकारी तहबाट नै मास्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाए। पीडितहरूले सरकारले यस विषयमा तत्काल हस्तक्षेप गरी अन्याय रोक्न आग्रह गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार