emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

बिष्णुपुर गाउँपालिका–६ मा जसपा नेपालको वडा समिति गठन

source e-Madhesh २०८१ माघ २६ गते , शनिबार
0
Shares
33
Views
बिष्णुपुर गाउँपालिका–६ मा जसपा नेपालको वडा समिति गठन

आर.एन मेहता,
राजविराज, २६ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत बिष्णुपुर गाउँपालिका–६, गोरगमा भगवती मन्दिर परिसरमा वडा स्तरीय बैठक सम्पन्न भएको छ। बैठकमार्फत देवनारायण यादवको नेतृत्वमा वडा समिति गठन गरिएको छ।
वडा संगठन सुदृढ गर्दै पार्टीलाई स्थानीयस्तरमा अझ सक्रिय बनाउने उद्देश्यले आयोजना गरिएको बैठकमा स्थानीय कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो। जसपा नेपालले आधारभूत संगठन निर्माण अभियानलाई गाउँ–गाउँसम्म विस्तार गर्दै संगठनलाई बलियो बनाउने रणनीति लिएको बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार