emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा ७ क्विन्टलभन्दा बढी गाँजा बरामद, तस्करीमा संलग्न गाडी नियन्त्रणमा

source e-Madhesh २०८१ माघ २६ गते , शनिबार
0
Shares
34
Views
सप्तरीमा ७ क्विन्टलभन्दा बढी गाँजा बरामद, तस्करीमा संलग्न गाडी नियन्त्रणमा


उमेश कुमार यादव,
राजविराज, २६ माघ ।
 प्रहरीले सप्तरीको बोदेबर्साइन नगरपालिका–३ बाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भारततर्फ तस्करी गर्न लागेको अवस्थामा प्रहरीले गाडी जाँच गर्ने क्रममा ७ क्विन्टल ११ किलो गाँजा फेला पारेको हो।
गस्तीमा खटिएको प्रहरी टोलीले तस्करीमा प्रयोग गरिएको स्कारपियो गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ। सुराकीका आधारमा गरिएको निगरानीपछि उक्त गाँजा बरामद भएको प्रहरी स्रोतले जनाएको छ।
हाल बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएको गाडीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ। प्रहरी अनुसन्धान जारी रहेको र तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउ गर्न थप अनुसन्धान भइरहेको बताइएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार