emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा समाजवादी विद्यार्थी युनियन नेपालको जिल्ला अधिवेशन सम्पन्न, ४५ सदस्यीय समिति गठन

source e-Madhesh २०८१ माघ २६ गते , शनिबार
0
Shares
27
Views
सप्तरीमा समाजवादी विद्यार्थी युनियन नेपालको जिल्ला अधिवेशन सम्पन्न, ४५ सदस्यीय समिति गठन

लिला कान्त यादव,
राजविराज, २६ माघ ।
 जनता समाजवादी पार्टी (जसपा) नेपाल आवद्ध समाजवादी विद्यार्थी युनियन नेपालको जिल्ला अधिवेशन सप्तरी महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजको सभा हलमा सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता समाजवादी विद्यार्थी युनियन सप्तरीका जिल्ला अध्यक्ष संजय कुमार यादवले गरेका थिए।
उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रले श्याम कुमार यादवको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ। नवगठित समितिमा रञ्जित यादव, अनिल साह, सुनिल मण्डल, सर्निता यादव, मेनुका साह, विकास मण्डल, बिनय यादव, सीता मण्डल, मिथलेष यादव, सरस्वती मुखिया, खुश्बु यादव, पृती मण्डल, आरती यादव, पूजा यादव, रोसनी यादव, पुष्पा साह, ॐ प्रकाश यादव, चन्दा दास, भुपेन्द्र मण्डल, कौशलेश मण्डल, दुर्गा यादव, चन्दन यादव, मुकेश साह, कृष्णा यादव, शंकर यादव, विजय मेहता, धर्मदेव यादव, जितेन्द्र शर्मा, दिपेन यादव, पूजा गुप्ता, पंचदेव यादव, अलविना खान, आरती मेहता, नितु यादव, सुरुची मण्डल, अमित राम, सन्तोष पण्डित, सुभाष यादव, भुपेन राय, रुपेश यादव, चन्द्रदेव मुखिया, बिमल साह, प्रतीक्षा यादव, अनिल यादव लगायतका सदस्यहरू रहेका छन्।
अधिवेशनमा प्रमुख वक्ताका रूपमा समाजवादी विद्यार्थी युनियन नेपालको केन्द्रीय अध्यक्ष तथा जसपा नेपालको केन्द्रीय सदस्य रमेश यादव सहभागी हुनुको साथै, जसपा नेपाल मधेस प्रदेश सदस्य किशोर कुमार यादव, जसपा नेपाल सप्तरीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, उपसचिव शम्भु कुमार यादव, कार्यकारिणी सदस्य लक्ष्मण यादव, जसपा नेपालको केन्द्रीय सदस्य तथा समाजवादी महिला संघकी जिल्ला अध्यक्ष रमिला साह, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष मनिष यादव र विशेष्वर मण्डल, केन्द्रीय सचिव तारकेश्वर प्रसाद यादव, समाजवादी युवा संघका केन्द्रीय सचिव विशाल मण्डल, मधेस प्रदेश सदस्य सतेन्द्र यादव, जिल्ला अध्यक्ष केदार यादव, स्ववियु सचिव सुनिल मण्डल, कोषाध्यक्ष मेनुका साह लगायतका नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नयाँ नेतृत्व चयनसँगै सप्तरीमा समाजवादी विद्यार्थी संगठन थप सशक्त हुने विश्वास गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार