emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

श्री राजोबती मावि, सम्भुनाथ–१२, कुशहा सप्तरीमा राजोबती चौधरी र युधिष्ठिर विश्वास चौधरीको प्रतिमा अनावरण

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
49
Views
श्री राजोबती मावि, सम्भुनाथ–१२, कुशहा सप्तरीमा राजोबती चौधरी र युधिष्ठिर विश्वास चौधरीको प्रतिमा अनावरण

आर.एन मेहता,
राजविराज, २२ माघ ।
 श्री राजोबती माध्यमिक विद्यालय, सम्भुनाथ–१२, कुशहा, सप्तरीमा राजोबती चौधरी र युधिष्ठिर विश्वास चौधरीको प्रतिमा अनावरण गरिएको छ।
सोमबार, सरस्वती पूजाको अवसरमा आयोजित कार्यक्रम मा माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा प्रतिमा अनावरण गरिएको हो।
विद्यालयका लागि दाता परिवारका सदस्यहरूमध्ये हरिनन्दन चौधरी र रघुनन्दन चौधरीले खेल मैदान विस्तार गर्न २२ कठ्ठा थप जग्गा प्रदान गरेको कुरा देवानन्द चौधरीले बताएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले आफ्नो शुभकामना मन्तव्य दिँदै “आजको २१औं शताब्दीमा यस्ता दाता परिवार कमै भेटिन्छन“ भन्दै दाता परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। साथै, उहाँले विद्यालयलाई नमूना विद्यालय बनाउने लक्ष्य राख्दै प्रधानाध्यापकसहित विद्यालय प्रशासनले गुणस्तरीय शिक्षा प्रवद्र्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
विद्यालय व्यवस्थापन समितिले प्राप्त जग्गाको प्रभावकारी उपयोग गरी खेल मैदानको स्तरोन्नति गर्ने योजना अघि सारेको बताएको छ। यस योगदानले विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद क्षेत्रमा अझ प्रोत्साहित गर्ने विश्वास व्यक्त गरिएको छ।
दाता परिवारको सहयोगप्रति सम्मान व्यक्त गर्दै विद्यालयलाई आगामी दिनमा शिक्षाको उत्कृष्ट केन्द्र बनाउने प्रतिज्ञाका साथ कार्यक्रम सम्पन्न भएको थियो।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार