emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

शहीद दिवसः वीर सपूतहरूको बलिदानको सम्मान

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
52
Views
शहीद दिवसः वीर सपूतहरूको बलिदानको सम्मान

नेपालमा शहीद दिवस माघ १६ गते वीर सपूतहरूको सम्झना र सम्मानमा मनाइन्छ। यो दिनले हाम्रा वीर शहीदहरूको बलिदानलाई सम्मान गर्दै प्रजातन्त्र, स्वतन्त्रता, र समानताका लागि गरिएको संघर्षलाई उजागर गर्छ।
माघ १० देखि १६ सम्मको अवधिलाई “शहीद सप्ताह“ का रूपमा मनाइन्छ। यस क्रममा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, र गङ्गालाल श्रेष्ठको बलिदानलाई विशेष रूपमा सम्झना गरिन्छ।
शुक्रराज शास्त्री माघ १० गते पचलीमा झुन्ड्याएर हत्या र धर्मभक्त माथेमाः सिफलमा हत्या गरेका थिए ।
दशरथ चन्द र गङ्गालाल श्रेष्ठः माघ १४ गते शोभा भगवतीमा गोली हानी हत्या गरेका थिए ।
यी सपूतहरूको बलिदानले राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयमा महत्वपूर्ण भूमिका खेलेको छ।
नेपालका पहिलो शहीद लखन थापा हुन्, जसलाई १९३३ साल फागुन २ गते राणा शासनविरुद्ध विद्रोह गरेको आरोपमा गोरखाको मनकामना मन्दिरनजिक झुन्ड्याएर हत्या गरिएको थियो।
शहीदहरूका सपना प्रजातन्त्र, स्वतन्त्रता, र समानताको स्थापना थियो। उनीहरूले आफ्नो बलिदानमार्फत हामीलाई स्वतन्त्रताको उपहार दिए।
 नेपाल प्रज्ञा प्रतिष्ठानका अनुसार, शहीद भनेका देश, संस्कृति, र स्वतन्त्रताका लागि बलिदान दिने लोकहितमा समर्पित अमर व्यक्तिहरू हुन्।
२००७ सालको प्रजातन्त्र, ०६२÷०६३ को जनआन्दोलन, गणतन्त्र नेपालको स्थापना, शहीदका सपनाहरूलाई साकार पार्न शहीदहरूको बलिदानमाथि गौरव गर्न मात्र होइन, तिनीहरूको सपना पूरा गर्न हाम्रो प्रयास आवश्यक छ।
शहीदका परिवारहरूको अवस्था सुधार्न, उनीहरूको योगदानलाई संस्थागत गर्न र उनीहरूका आदर्शलाई राज्य निर्माणमा समावेश गर्न जरुरी छ।
शहीद गेटमा रहेका शहीदहरूको प्रतिमा, गङ्गालाल हृदय रोग प्रतिष्ठानजस्ता संस्थाहरू, र शहीदका नाममा निर्माण भएका बाटाघाटा तिनीहरूको योगदानको प्रतीक हुन्। तर यो पर्याप्त छैन। शहीदहरूको बलिदानलाई केवल स्मृति दिवसमा सीमित नराखी देश निर्माण र नेतृत्वको मार्गदर्शनमा प्रयोग गरिनुपर्छ।
“देशले फेरि परिवर्तन खोज्न सक्छ, शहीद एउटा मर्यादा र विश्वास हो, देशभक्तिका लागि।”
आज हामीले माला र अबिरले शहीदको सम्झना गर्ने मात्र होइन, उनीहरूको बलिदानको अर्थलाई मन, मस्तिष्क, र कर्ममा राख्न जरुरी छ।
जय शहीद!
जय नेपाल!

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार