ई-मधेश न्युज
नेपालमा संघीयताका प्रणेता गजेन्द्रनारायण सिंह
नेपालमा संघीयताको संस्थापक, मधेशका मसिहा र शालीन नेता गजेन्द्रनारायण सिंहको २४औं पुण्यतिथि विहिवार श्रद्धाभावका साथ मनाइँदैछ । सिंहले मधेशको राजनीतिक, सामाजिक, र सांस्कृतिक पहिचानका लागि पु¥याएको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू गरिन्छ ।
गजेन्द्रनारायण सिंहको जीवन, योगदान, र संघीयता स्थापनाका लागि उहाँको भूमिका, मधेश आन्दोलनको इतिहास र त्यसले ल्याएको परिवर्तन अपरिहार्य छ ।
सिंहले नेपालमा संघीय प्रणालीको स्थापना गर्न अग्रणी भूमिका खेलेका थिए ।
संघीयता मधेशको हकहित र अधिकारको रक्षा गर्ने माध्यम हो भन्ने धारणा स्थापित गर्न सहयोग गरेका थिए ।
मधेश आन्दोलनका अगुवा सिंहले मधेशी समुदायका अधिकारका लागि जीवनभर संघर्ष गरे।
मधेशको राजनीतिक र सामाजिक पहिचान स्थापित गर्न सिंहको प्रयास ऐतिहासिक रहेको छ।
संघीयता स्थापनामा सिंहको योगदानले नेपालमा समतामूलक समाज निर्माणको बाटो खोलेको छ ।
गजेन्द्रनारायण सिंहको २४औं पुण्यतिथि मधेशी समुदायका लागि प्रेरणाको स्रोत बनेको छ। यस दिनले सिंहका आदर्श र दृष्टिकोणलाई सम्मान गर्दै संघीयता, समानता, र न्यायका लागि निरन्तर लागिरहन सबैलाई प्रेरित गरेको छ।