

भूपदेव माली सप्तरी / कार्तिक २८ गते। देशलाई परिवर्तन गर्न वैकल्पिक शक्तिको खोजी गर्ने क्रममा हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच चुनावी तालमेल भएको जनता समाजवादी पार्टीका प्रवक्ता एवं पूर्व प्रदेश सभा सदस्य मनिष सुमनले बताउनुभएको छ। आईतबार मधेश न्यूजका भूपदेव माली सँग साक्षात्कार हुँदै नेता सुमनले सो कुरा बताउनुभएको हो। संघीयताको भरपर्दो संरक्षण तथा सबै जातजाति, सबै समुदायको अधिकारको प्रत्याभूत गर्दै भरपर्दो संरक्षण गर्न, जनताको जीवनस्तर उकास्न, देशलाई समृद्ध बनाउन नेकपा एमालेसँग चुनावी तालमेल सहित सरकारमा पनि तालमेल रहने नेता सुमनले बताउँदै भविष्यमा यसलाई अझ प्रगाढ सम्बन्ध बनाउने बताउनुभयो। हाम्रो पार्टी मधेस प्रदेशका एक ठूलो शक्तिको रुपमा मात्र नभई देशभरि नै आदिवासी, जनजाति एवं विभिन्न समुदायको अधिकारको सुनिश्चिताका लागि संघर्षरत पार्टी भएकोले एउटा ठूलो राजनीतिक शक्तिको रूपमा स्थापित भए पनि नेपाली जनतालाई सुखी सम्पन्न र देशलाई समृद्ध पार्न एमालेसँग तालमेल गरी शक्तीको रुपमा परिणत भएको बताउँदै अब सानातिना वा क्षेत्रीय पार्टीहरुले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै हाम्रो पार्टी मधेस प्रदेश मात्र नभई देश मै सरकार बनाउने दाबी समेत गर्नुभयो।
प्रतिक्रिया
सम्बन्धित समाचार
