emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग

source e-Madhesh २०८३ वैशाख १७ गते , बिहीबार
0
Shares
8
Views
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १७ बैशाख ।
 नेपाल पत्रकार महासंघ ले सरकारले हालै गरेको तीन तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन÷प्रसारण गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यता, नेपालको संवैधानिक प्रावधान र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको ठहर गर्दै तत्काल फिर्ता लिन माग गरेको हो।
महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार विज्ञापनसम्बन्धी उक्त निर्णयले निजी सञ्चारमाध्यमहरूलाई प्रत्यक्ष असर पार्ने र स्वतन्त्र पत्रकारिताको दायरा खुम्चिने खतरा देखिएको छ। निर्णयविरुद्ध महासंघले चरणबद्ध आन्दोलनसमेत घोषणा गरेको छ।
अभियानअन्तर्गत वैशाख १७ गते महासंघले राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण गराएको जनाएको छ। त्यसैगरी, सोही दिन विभिन्न राजनीतिक दलका संसदीय दलका नेता तथा सांसदहरूसँग छलफल गर्ने, वैशाख १९ गते देशभरका प्रदेश र जिल्ला समितिमार्फत सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
यस्तै, आगामी वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले केन्द्रीय स्तरमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभरका जिल्लाहरूमा पनि सोही प्रकृतिका कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
महासंघले आन्दोलनका क्रममा प्रदेश, जिल्ला, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरूबाट प्राप्त साथ र सहयोगको सराहना गर्दै सञ्चारमाध्यम, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई समेत ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने महासंघको चेतावनी छ। महासचिव रामप्रसाद दहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रताको रक्षा सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु