emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र

source e-Madhesh २०८३ वैशाख १६ गते , बुधबार
0
Shares
13
Views
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १६ बैशाख ।
 सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७ वैशाखमा ज्यान गुमाएका श्रीकृष्ण विश्वकर्मा प्रकरणमा पीडित परिवार र अधिकारकर्मीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मृतककी आमा बिन्दमाया विश्वकर्माले न्याय नपाएसम्म छोराको शव नबुझ्ने अडान दोहोर्याइन्।
उनले घटनाको सीसीटीभी फुटेज सार्वजनिक नगरिएको र किटानी जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले अस्वीकार गरेको आरोप लगाइन्। “राज्यकै नियन्त्रणमा मेरो छोराको हत्या भएको हो,” उनले भनिन्। मृतककी दिदी निर्मला विश्वकर्माले पनि प्रहरीकै नियन्त्रणमा यातना दिई हत्या गरिएको दाबी गरिन्।
स्थलगत अध्ययनबाट फर्किएका सांसद गणेश विश्वकर्माले घटनालाई गम्भीर मानवअधिकार उल्लंघन भएको बताउँदै संलग्न प्रहरी अधिकारीलाई निलम्बन गरी न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न माग गरे।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हिरासतमा भएको मृत्युलाई “राज्यद्वारा गरिएको जघन्य अपराध” भन्दै स्वतन्त्र न्यायिक छानबिन आवश्यक रहेको बताए। उनले प्रमाण नष्ट हुन सक्ने जोखिम औंल्याउँदै राष्ट्रिय मानवअधिकार आयोगलाई तत्काल अनुसन्धानमा संलग्न हुन आग्रह गरे।
सरकारले घटनाबारे औपचारिक प्रतिक्रिया नदिइरहेका बेला पीडित पक्ष र नागरिक समाजले निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग तीव्र बनाएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु