emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न

source e-Madhesh २०८३ वैशाख १६ गते , बुधबार
0
Shares
12
Views
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १६ बैशाख ।
 प्रतिनिधिसभा सदस्यहरूले सुकुम्बासीमाथि डोजर प्रयोग र अध्यादेशमार्फत शासन चलाउने विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सांसदहरूले गैरसुकुम्बासी हटाउने सरकारी कदम उचित भए पनि वास्तविक सुकुम्बासीलाई बेघर बनाउने कार्य अस्वीकार्य भएको धारणा राखे।
कार्यक्रममा बोल्दै नेकपाका युवा नेता तथा सांसद रमेश कुमार मल्लले सुकुम्बासीमाथि डोजर प्रयोगले सरकार जनताप्रति संवेदनशील नरहेको सन्देश दिएको बताए। उनले गरिब तथा निमुखा नागरिकमाथि शक्ति प्रयोग गर्नु दुःखद भएको उल्लेख गर्दै नीतिनिर्माणको थलो संसदलाई छलेर अध्यादेशबाट शासन चलाउने प्रयास लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको बताए।
त्यस्तै, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश कुमार सापकोटाले सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्ने दाबी गरे। उनले सरकारी जग्गा अतिक्रमण गर्नेहरूलाई सुकुम्बासीको नाममा संरक्षण गर्न नसकिने उल्लेख गर्दै शहरको सौन्दर्य र राष्ट्रिय सम्पत्तिको संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
श्रम–संस्कृति पार्टीकी नेतृ राधिका रम्तेलले वास्तविक सुकुम्बासीलाई न्याय दिन सरकारलाई आग्रह गरिन्। कार्यक्रममा कर्णाली क्षेत्रका जनप्रतिनिधिहरूले समेत विकास, पूर्वाधार र सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
अस्थायी शिक्षक महासंघको १५ बुँदे घोषणाः माग पूरा नभए कडा आन्दोलन चेतावनी
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
सिभिल इन्जिनियरिङ नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु