emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता

source e-Madhesh २०८३ वैशाख १५ गते , मंगलबार
0
Shares
26
Views
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता

ईमधेश न्यूज सम्वाददाता,
दुहबी, १५ बैशाख ।
 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजना र दुहबी नगरपालिकाको समन्वयमा ‘वातावरण र मानव अधिकार’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले सुरक्षित, स्वच्छ र स्वस्थ वातावरणमै मानव अधिकारको पूर्ण उपभोग सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले वातावरणीय समस्याले मानव सभ्यतामाथि नै संकट सिर्जना गरिरहेको भन्दै सबैलाई संवेदनशील बन्न आग्रह गर्नुभयो।
दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले कानुनी अस्पष्टताका कारण उद्योगहरू प्रदूषण नियन्त्रणमा उदासीन बनेको बताए। स्थानीय तहको अधिकार कटौती हुँदा उद्योगहरूले जथाभावी फोहोर फाल्ने र प्रदूषण बढाउने प्रवृत्ति बढेको उहाँको भनाइ थियो। उपप्रमुख मेनुका पोखरेलले वातावरणीय प्रदूषण र फोहोर व्यवस्थापनका गुनासाहरू बढ्दै गएको बताउँदै प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको स्वीकार गर्नुभयो।
कार्यक्रममा उद्योगी, जनप्रतिनिधि तथा सरोकारवालाहरूले कानुनी मापदण्ड कार्यान्वयन कमजोर हुँदा दुहबी क्षेत्र प्रदूषित बन्दै गएको बताए। सहभागीहरूले औद्योगिक फोहोर व्यवस्थापन, दुर्गन्धयुक्त पानी निकास र स्वास्थ्यमा परेको असरबारे गम्भीर चिन्ता व्यक्त गरे।
इन्सेकका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले स्थानीय तह सञ्चालन ऐन, २०७४ मा स्पष्ट व्यवस्था भए पनि कार्यान्वयनमा कमी रहेको औंल्याउनुभयो। कार्यक्रमपछि १० बुँदे साझा प्रतिबद्धता जारी गर्दै वातावरण संरक्षण र मानव अधिकार सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
सुकुम्बासी बस्तीमा डोजर चलाउनु अस्वीकार्य: इन्चार्ज खड्का
बुद्ध जयन्ती विशेषः शान्ति, सहिष्णुता र मानवताको सन्देश
बुद्ध जयन्ती विशेषः शान्ति, सहिष्णुता र मानवताको सन्देश
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
सरकारी विज्ञापनसम्बन्धी निर्णय फिर्ता गर्न पत्रकार महासंघको माग
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
हिरासत मृत्यु प्रकरणः ‘राज्यको गम्भीर अपराध’, निष्पक्ष छानबिनको माग तीव्र
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
सुकुम्बासीमाथि डोजर प्रयोगप्रति सांसदको आपत्ति, अध्यादेश शासनमाथि प्रश्न
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीः वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
नील हिरा समाजको नाममा चन्दा सङ्कलन: झापामा स्थानीय त्रसित
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
अन्तर्राष्ट्रिय नृत्य दिवस: कला, स्वास्थ्य र संस्कृतिको उत्सव
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता
वातावरणीय प्रदूषणले मानव अधिकारमा असरः दुहबीमा सरोकारवालाको चिन्ता