emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव

source e-Madhesh २०८३ वैशाख ३ गते , बिहीबार
0
Shares
6
Views
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०३ बैशाख ।
जनअधिकार पार्टीका अध्यक्ष शरदसिंह यादवले संघीयता खारेजीको माग उठाउनेहरूप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले संसद्मा उठेका यस्ता आवाजलाई ‘सस्तो लोकप्रियता’ हासिल गर्ने प्रयासको संज्ञा दिँदै जिम्मेवार राजनीतिक व्यवहार अपनाउन आग्रह गरेका छन्।
हालै प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले संघीयता खारेज गर्नुपर्ने माग राखेपछि त्यसको प्रतिवाद गर्दै अध्यक्ष यादवले भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले संघीयता कसैको व्यक्तिगत सम्पत्ति नभएको उल्लेख गर्दै यसको संरक्षण र कार्यान्वयनमा सबैको समान दायित्व रहने बताए।
‘संघीयता तपाईंहरूको बपौती होइन,’ यादवले भने, ‘यसलाई स्थापित गर्न तपाईंहरूको कुनै भूमिका थिएन भने यसलाई हटाउने अधिकार पनि छैन।’ उनले लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाएर जनतालाई भ्रमित पार्ने प्रयास नगर्न चेतावनी दिए।
यादवले राप्रपा लगायतका दलहरूलाई लक्षित गर्दै राजतन्त्र पुनस्र्थापनाको एजेन्डा बोकेर चुनावमा सहभागी हुनु आफैंमा विरोधाभासपूर्ण भएको टिप्पणी गरे। ‘संसद्भित्र यस्तो राजनीतिक नाटक बन्द हुनुपर्छ,’ उनले थपे।
उनले वर्तमान व्यवस्थालाई सुदृढ बनाउन सबै दलबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
अश्विनी कान्त झालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना
गोरखामा राजविद्या शक्तिपीठ स्थापना हुँदै: नमुना गुरुकुल र अन्तर्राष्ट्रिय योग केन्द्रको योजना