ई-मधेश न्युज
डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन सम्पन्न
ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २३ चैत ।
Lions Clubs International अन्तर्गतको डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। पोखरा इभेन्ट सेन्टर मा आयोजित कन्भेन्सनबाट आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ।
कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा प्रजापती बास्तोला, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नरमा शिव प्रसाद मल्ली तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पंकज मेहता र विशेष अतिथिका रूपमा सञ्जय खेतान सहभागी भएका थिए। उनीहरूले नेपालमा लायन्स क्लबले गरेको सामाजिक सेवाको प्रशंसा गर्दै सदस्यता विस्तारमा ध्यान दिन सुझाव दिएका थिए।
कार्यक्रमको व्यवस्थापन Lions Club of Pokhara Annapurna ले गरेको थियो। हालका डिष्ट्रिक्ट गभर्नर मिलन मल्ल का अनुसार कन्भेन्सन ऐतिहासिक र स्मरणीय बनेको थियो।
नवनिर्वाचित गभर्नर प्रजापती बास्तोला ले क्याबिनेट सचिवमा जीवन गोर्खाली, कोषाध्यक्षमा पुरुषोत्तम प्रसाद पराजुली लाई मनोनित गरेका छन्। साथै चिफ एडभाइजरमा राजन श्रेष्ठ र चिफ गभर्नर एडमा रामराजा थापा नियुक्त भएका छन्। उनले आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
कन्भेन्सनमा विभिन्न डिष्ट्रिक्टबाट आएका एक हजारभन्दा बढी लायन्स तथा लियो सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमका दौरान उत्कृष्ट कार्य गर्ने लायन्स नेताहरूलाई सम्मान पनि गरिएको थियो।
यसैबीच, लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा आशिष थापा र भाइस प्रेसिडेन्टमा माधव तिमल्सिना निर्वाचित भएका छन्।