emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

source e-Madhesh २०८२ चैत्र २२ गते , आइतबार
0
Shares
12
Views
सभामुख अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

 

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २२ चैत ।
 नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार दिउँसो शीतल निवास स्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई शपथ गराएका हुन्।
यसअघि आइतबार नै बसेको प्रतिनिधिसभा बैठकबाट डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध चयनसँगै उनको नेतृत्वप्रति सदनको सामूहिक विश्वास प्रकट भएको मानिएको छ।
शपथग्रहणपछि अब सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक सञ्चालन, संसदीय प्रक्रिया व्यवस्थापन र विधायिकी कार्यलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार