emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

नेपाल इको प्यानल चेस प्रतियोगितामा भरत धिमाल प्रथम

source e-Madhesh २०८२ फाल्गुन ८ गते , शुक्रबार
0
Shares
126
Views
नेपाल इको प्यानल चेस प्रतियोगितामा भरत धिमाल प्रथम

ईमधेश न्युज सम्वाददाता,
काठमाडौं, ०८ फाल्गुन ।
नेपाल इको प्यानलको आयोजनामा बिहीबार सम्पन्न ‘नेपाल इको प्यानल चेस फर अल फिडे ¥यापिड रेटिङ १७०० मुनि’ प्रतियोगितामा मोरङका भरत धिमाल प्रथम भएका छन्। ४२ जिल्लाबाट सहभागी १ सय ४८ जना खेलाडीबीच भएको प्रतिस्पर्धामा धिमाल उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गर्न सफल भएका हुन्। प्रतियोगितामा भारतका दुई खेलाडीको समेत सहभागिता रहेको थियो।
विजेता खेलाडीलाई नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुुवालले नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरे। राष्ट्रिय चेस समुदायको समन्वय र नेपाल इको प्यानलको सहयोगमा आयोजित उक्त प्रतियोगिताको उद्देश्य १७०० भन्दा कम रेटिङ भएका उदीयमान खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार चेस खेलमार्फत समावेशी सहभागिता प्रवद्र्धन गर्दै वातावरणमैत्री सोच विस्तार गर्ने लक्ष्य राखिएको छ। अपेक्षाभन्दा बढी खेलाडीको सहभागिताले देशभर चेसप्रति युवाहरूको आकर्षण बढ्दो रहेको संकेत गरेको बताइएको छ। विभिन्न जिल्ला, विद्यालय, कलेज तथा क्लबबाट खेलाडीहरू सहभागी भएको प्रतियोगिता पछिल्लो समयकै विविधतापूर्ण ¥यापिड रेटिङ प्रतिस्पर्धामध्ये एक भएको आयोजकको दाबी छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन