emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय

source e-Madhesh २०८३ वैशाख ३१ गते , बिहीबार
0
Shares
56
Views
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ३१ बैशाख ।
सरकारले पहिलो पटक “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय” को नाम परिवर्तन गर्दै “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय” राखेको छ । नेपालको इतिहासमै पहिलोपटक “लैङ्गिक तथा यौनिक अल्पसंख्यक” शब्द मन्त्रालयको औपचारिक नाममा समावेश गरिएको हो ।
यस निर्णयलाई लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको राज्यस्तरीय औपचारिक मान्यता, राजनीतिक स्वीकारोक्ति र संस्थागत समावेशीकरणको ऐतिहासिक कदमका रूपमा हेरिएको छ । समुदाय तथा अधिकारकर्मीहरूले लामो समयदेखिको संघर्षपछि राज्यले पहिलोपटक आफ्नो पहिचानलाई सरकारी संरचनामै समेटेको बताएका छन् ।
एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्त ले मन्त्रालयको नयाँ नामलाई समावेशी राज्य संरचनाको ऐतिहासिक मोडको संज्ञा दिएका छन् । उनका अनुसार राज्यले प्रयोग गर्ने भाषाले नागरिकको अस्तित्व र स्वीकारोक्ति निर्धारण गर्ने भएकाले मन्त्रालयको नाममै समुदायलाई समावेश गर्नु ठूलो राजनीतिक सन्देश हो ।
अधिकारकर्मीहरूले अब प्रतीकात्मक मान्यतामात्र नभई कानुनी सुधार, समान अधिकार, सामाजिक सुरक्षा, रोजगारी र प्रतिनिधित्वमा समेत ठोस काम हुनुपर्ने बताएका छन् । समुदायका अभियन्ताहरूले यस निर्णयलाई दशकौँदेखिको आन्दोलन, वकालत र सामाजिक संघर्षको उपलब्धि भन्दै स्वागत गरेका छन् ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक