emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’

source e-Madhesh २०८३ वैशाख २९ गते , मंगलबार
0
Shares
72
Views
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, २९ बैशाख ।
 राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई २०८२ को प्रदेशगत विश्लेषणअनुसार प्रदेश ३ ले सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार प्रदेश ३ मा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको देखिएको छ।
तथ्यांकअनुसार देशभरबाट कुल ४ लाख २२ हजार ६ सय ६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये सबैभन्दा धेरै विद्यार्थी २.८० देखि ३.६० जीपीए समूहमा रहेका छन्। विश्लेषणमा प्रदेश ३ का विद्यार्थीले ३.२० देखि ४.०० जीपीए समूहमा उल्लेखनीय सफलता प्राप्त गरेका छन्।
प्रदेश ३ मा मात्रै २४ हजार ८३७ विद्यार्थीले ३.२० देखि ३.६० तथा २० हजार ४२९ विद्यार्थीले ३.६० देखि ४.०० जीपीए ल्याएका छन्। यस आधारमा प्रदेश ३ समग्र नतिजामा अग्रस्थानमा देखिएको हो।
यस्तै, प्रदेश २, ५, ६ र ७ मा ‘एनजी’ (नन ग्रेडेड) विद्यार्थीको संख्या उच्च देखिएको छ। देशभर कुल १ लाख ४६ हजार ५०७ विद्यार्थी एनजी भएका छन्। प्रदेश ५ मा २७ हजार ८९३, प्रदेश ३ मा २१ हजार ७०४ तथा प्रदेश ७ मा २० हजार ६३५ विद्यार्थी एनजी रहेको तथ्यांकमा उल्लेख छ।
विश्लेषणले शिक्षा गुणस्तर सुधार, नियमित मूल्यांकन तथा विद्यार्थी सहयोग कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। विशेषज्ञहरूले प्रदेशगत असमानता घटाउन स्थानीय तह, विद्यालय र अभिभावकबीच समन्वय आवश्यक रहेको बताएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मधेश सरकारलाई निरन्तरता दिने निर्णय, विश्वासको मत लिने तयारी
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश
कानून दिवस : विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सन्देश