emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

भक्तपुरमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न, परम्परा र आधुनिकताको संयोजनमा जोड

source e-Madhesh २०८२ चैत्र १८ गते , बुधबार
0
Shares
7
Views
भक्तपुरमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न, परम्परा र आधुनिकताको संयोजनमा जोड

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १८ चैत्र ।
काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरी परम्परालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित भक्तपुरमा आयोजित बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। ‘हङ्ग्री म्युजिसियन टेरेस’, साउन्डबज अडियो ल्याब र नेपाल इको प्यानलको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले यस्ता गतिविधिले भक्तपुरको दीर्घकालीन पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए। उनले पर्यटन नै भक्तपुरको विकासको मुख्य आधार भएकाले परम्परागत कला र संस्कृतिसँग जोडिएका कार्यक्रमलाई अझ प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए।
साउन्डबज अडियो ल्याबका संस्थापक चन्दन ताम्रकारले कार्यशालाको महत्त्वबारे प्रकाश पार्दै परम्परागत काठका बाँसुरीको स्थान बिस्तारै पिभिसी पाइपबाट बनेका बाँसुरीले लिँदै गएको बताए। उनले स्थानीय युवालाई बाँसुरी निर्माणमा दक्ष बनाउँदै आत्मनिर्भरता बढाउनुपर्नेमा जोड दिए। “परम्परा जोगाउन ‘मेकर्स’को भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ,” उनले भने।
कार्यशालामा प्रख्यात बहु–वाद्यवादक अमन मालीले प्रशिक्षण दिएका थिए। शास्त्रीय, लोक तथा ज्याज फ्युजन संगीतमा परिचित मालीले सहभागीलाई बाँसुरी निर्माण, ट्युनिङ, ध्वनि विज्ञान तथा बाँस र पिभिसी पाइप प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका थिए।
कार्यक्रममा कुमा सागर एन्ड द ख्वप ब्यान्डका सदस्यहरू लगायत संगीतकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यशालाले नयाँ पुस्तामा बाँसुरी निर्माणप्रति रुचि बढाउने र नेपाली मौलिक बाजाको संरक्षणमा योगदान पुग्ने विश्वास लिइएको छ।
“ज्ञान बाँड्नका लागि हो” भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दै दिगो सांस्कृतिक विकासको मार्ग खोल्ने अपेक्षा गरिएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट
बोदेबरसाईन बजारमा सरसफाई अभियान जारी
बोदेबरसाईन बजारमा सरसफाई अभियान जारी
नेपालगञ्जमा प्रश्नपत्र ‘आउट’ प्रकरणः कारबाही ढिलाइले ढाकछोपको आशंका
नेपालगञ्जमा प्रश्नपत्र ‘आउट’ प्रकरणः कारबाही ढिलाइले ढाकछोपको आशंका
तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’
तीन देशमा छायांकन गरिएको ‘सधैं साथमा तिम्रो’
भक्तपुरमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न, परम्परा र आधुनिकताको संयोजनमा जोड
भक्तपुरमा बाँसुरी निर्माण कार्यशाला सम्पन्न, परम्परा र आधुनिकताको संयोजनमा जोड
विश्व मूर्ख दिवसः हाँसो र रमाइलोको परम्परा
विश्व मूर्ख दिवसः हाँसो र रमाइलोको परम्परा
महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा