emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश

source e-Madhesh २०८२ चैत्र १७ गते , मंगलबार
0
Shares
80
Views
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश

लिलाकान्त यादव,
काठमाडौं, १७ चैत ।
 उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जैन धर्मका २४औं तीर्थंकर भगवान महावीरको २६२५औं जयन्तीको अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका जैन समुदायलाई सुख, शान्ति, समृद्धि तथा आध्यात्मिक उन्नतिको कामना गरेका हुन्।
उपराष्ट्रपति यादवले भगवान महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँका अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तहरू आजको समाजमा अत्यन्त सान्दर्भिक रहेको बताएका छन्। ती मूल्यहरूले समाजमा नैतिकता, करुणा, सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
सन्देशमा उनले महावीरको ‘बाँच र बाँच्न देऊ’ भन्ने शिक्षाले सबै प्राणीप्रति दया र सम्मानको भावना विकास गर्न प्रेरित गर्ने उल्लेख गरेका छन्। साथै, सत्य र नैतिकताको मार्गमा अघि बढ्न तथा लोभ–लालच त्यागी सन्तोषपूर्ण जीवन बिताउन उहाँका शिक्षाहरू मार्गदर्शक रहेको बताएका छन्।
महावीर जयन्ती धार्मिक मात्र नभई सांस्कृतिक पर्वका रूपमा समेत मनाइने उल्लेख गर्दै उनले यस अवसरमा आयोजना हुने पूजा, शोभायात्रा र प्रार्थनाले समाजमा एकता र भाइचाराको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्।
अन्त्यमा उपराष्ट्रपति यादवले महावीरको आदर्शलाई आत्मसात गर्दै शान्तिपूर्ण, समृद्ध र नैतिक समाज निर्माणमा सबैले योगदान दिनुपर्नेमा जोड दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
महेस बस्नेतविरुद्ध पक्राउ प्रक्रिया अघि बढ्ने दाबी
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
समाजवादी विद्यार्थी युनियनको केन्द्रीय बैठक आह्वान
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
महावीर जयन्तीको अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना सन्देश
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन, छात्राहरूको उत्साहजनक सहभागिता
लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन, छात्राहरूको उत्साहजनक सहभागिता
स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी
स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग