emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी

source e-Madhesh २०८२ चैत्र १६ गते , सोमबार
0
Shares
9
Views
स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, १६ चैत्र ।
 नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले स्वास्थ्य क्षेत्रमा विनियोजित करिब एक खर्ब रुपैयाँ बजेटमध्ये झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने गरेको दाबी गरेका छन्।
सोमबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेता, कर्मचारी र बिचौलियाको मिलेमतोमा सार्वजनिक खरिद ऐनलाई ‘भ्रष्टाचार मैत्री’ बनाइएको आरोप लगाए। बस्नेतका अनुसार विगतका सरकारहरूमा स्वास्थ्य क्षेत्र सुधारका नाममा ल्याइएका नीतिहरूले व्यवहारमा भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरेका छन्।
उनले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारलाई स्वास्थ्य क्षेत्रमा व्याप्त अनियमितता र विकृति अन्त्य गर्ने ऐतिहासिक अवसर प्राप्त भएको उल्लेख गर्दै उक्त अवसरलाई सदुपयोग गर्न आग्रह गरे। “मन्त्री, कर्मचारी, बिचौलिया र केही व्यवसायीबीचको मिलेमतोमा ठूलो रकम अपचलन हुने गरेको छ, यसलाई रोक्न ठोस कदम आवश्यक छ,” उनले भने।
बस्नेतले सार्वजनिक खरिद ऐन, २०६३ नै स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचारको मुख्य आधार भएको जिकिर गर्दै यसलाई संशोधन गरी जनमैत्री बनाउनु पर्ने बताए। व्यवसायीले दिएको स्पेसिफिकेसनअनुसार नै बोलपत्र प्रकाशित गर्ने प्रवृत्तिले केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको उनको आरोप छ।
उनका अनुसार नेपालमा करिब ३२ हजार चिकित्सक रहेकामा करिब २० प्रतिशत विदेश पलायन भइसकेका छन्। बाँकी चिकित्सकहरूलाई आफ्नो विशेषज्ञता अनुसार सेवा दिनुपर्नेमा प्रशासनिक झन्झट र कानुनी जोखिममा पर्नुपर्ने अवस्था रहेको उनले बताए।
स्वास्थ्य क्षेत्रमा देखिएका यस्ता समस्याको समाधानका लागि केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी अनुगमन समिति गठन गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनले सुझाव दिएका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
पटक पटक मन्त्री बनेका प्रभु साहको सम्पत्ति छानबिनको माग पुनः चर्कियो, सरकारी अभियानले रौतहटमा बढायो आशा
लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन, छात्राहरूको उत्साहजनक सहभागिता
लोक सेवा तथा शिक्षक सेवा तयारी कक्षा समापन, छात्राहरूको उत्साहजनक सहभागिता
स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी
स्वास्थ्य बजेटको झण्डै आधा रकम भ्रष्टाचारमा खर्च हुने दाबी
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
लागुऔषधसहित दुई मोटरसाइकलसहित चार जना पक्राउ
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
नयाँ सरकारप्रति जसपा नेपालको बधाई, केन्द्रीय बैठक स्थगित
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
जन्मदिनको अवसरमा विद्यालयलाई सामग्री सहयोग
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
बहानाबाजी नचल्ने, नतिजा दिनैपर्छ : प्रधानमन्त्री बालेन शाह
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
इन्जिनियर बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि नेपाल इको प्यानलको बधाई
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार 
रामनवमी पर विशेष- राम : भारतीय सभ्यता के मूल आधार