emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल

source e-Madhesh २०८३ वैशाख ५ गते , शनिबार
0
Shares
19
Views
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल

ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०५ बैशाख ।
 पूर्व संविधानसभा सदस्य सुनिल बाबु पन्तले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पुरानो ¥याप भिडियोबारे उठेको विवाद संवेदनशील रूपमा सम्बोधन गर्न आग्रह गरेका छन्। उनले सम्बन्धित भिडियो हटाउने पहल गर्न र यसले पारिरहेको सामाजिक प्रभावप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन्।
पन्तका अनुसार १२ वर्षअघि प्रयोग गरिएको उक्त भिडियोका शब्दहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि मनोवैज्ञानिक असर, सामाजिक अपमान र घृणाको वातावरण सिर्जना गरेको छ। उनले यो विषयलाई राजनीतिक रूपमा नभई मानवअधिकार र सम्मानसँग जोडिएको संवेदनशील मुद्दाका रूपमा लिनुपर्ने बताए।
उनले उजुरी दर्ता गरेपछि सामाजिक सञ्जालमा उजुरीकर्तामाथि बढ्दै गएको गालीगलौज, अपमानजनक टिप्पणी र चरित्रहत्या गर्ने अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार यस्ता गतिविधिले समुदायमा भय, असुरक्षा र मानसिक पीडा थप बढाएको छ, जुन पूर्ण रूपमा अस्वीकार्य हो।
‘न्याय खोज्ने नागरिकलाई धम्की र अपमान सहन बाध्य बनाउनु लोकतान्त्रिक मूल्य र मानवअधिकारविपरीत हो,’ पन्तले भने। उनले समुदायले उठाएको आवाज कुनै षड्यन्त्र नभई विगतका शब्दहरूले पारेको असरप्रति जवाफदेहिता र सुधारको माग मात्र भएको स्पष्ट पारे।
साथै, उनले नेतृत्वको साँचो मूल्य गल्ती नहुनुमा मात्र नभई गल्ती स्वीकार गरी सुधार गर्ने क्षमतामा निहित हुने उल्लेख गर्दै सबै पक्षलाई संयम र जिम्मेवारीका साथ प्रस्तुत हुन आग्रह गरेका छन्।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
घृणात्मक अभिव्यक्ति रोक्न आग्रह: सुनिल बाबु पन्तको अपिल
मातातीर्थ औँसीः आमाप्रतिको श्रद्धा र संस्कृतिको गहिरो सन्देश
मातातीर्थ औँसीः आमाप्रतिको श्रद्धा र संस्कृतिको गहिरो सन्देश
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
संघीयतामाथि ‘स्टन्ट राजनीति’ नगर्न चेतावनी: शरदसिंह यादव
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
दोलखामा मुद्रा सङ्ग्रहालय हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा नयाँ आयाम
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
तराईमा सिरुवा पर्व तथा जुडशीतलः संस्कृति, सद्भाव र प्रकृतिसँगको सम्बन्ध
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
बारामा तब्लिगी जमातको इस्तेमा: उद्देश्य र सुरक्षा व्यवस्थामाथि चासो
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नववर्ष २०८३ को अवसरमा उपराष्ट्रपति यादवको शुभकामना
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
नयाँ वर्ष २०८३ः नयाँ आशा, नयाँ संकल्प
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस: मानव उपलब्धिको ऐतिहासिक स्मरण
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट 
भारदहमा आगलागि हुँदा तीनवटा घरहरू जलेर नष्ट