लिला कान्त यादव
असोज १० गते, सप्तरी।
बिहीबार देखि आइतबारसम्म चार दिन निरन्तर रुपमा भारी एवं अतिभारी मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ।
अरब महासागर तथा बङ्गालको खाडीबाट चल्ने तिव्र हावाले नेपालको सातवटै प्रदेशलाई प्रभावित गरी भारी वर्षा हुने पूर्ण संकेत दिएको हो।
विहिवार १० गतेदेखि १३ गते आइतवार सम्म निरन्तर वर्षा हुनुको सँगै बाढी , पहिरो एवं चटियाङ पर्न सक्ने संकेत भएकोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन समेत सूचना जारी गरिएको छ।