भूपदेव माली,
राजविराज १६ भाद्र ।
सशस्त्र प्रहरीले व्यापारीहरुको पसलभित्र छिरेर कुटपिट गरेका छन् । हनुमाननगर कंकालिनी नपा अन्तर्गतको भारदह बाजारमा चिया पसल तथा घरसँगै भएको नरेश साहका छोरा र भतिजा, रविन्द्र, फविन्द्र र सुरज साहलाई राति ७ः४५ बजेको समयमा कुटपीट गरेको पिडितका बुवा नरेश साहले बताए । वहाँले भने घर र पसलसँगै हुँदा खाना पकाई रहेको अवस्थामा ६ जना मोटरसाईकल सवार शसस्त्र पहरीले भित्र छिरी अनावश्यक कुटपीट गरेको हो ।
हनुमाननगर कंकालिनी नपा द्वारा भदौ १६ गते विहान ६ बजे देखि २४ गते राती १२ः०० बजेसम्मका लागि लकडाउनको घोषणा गरेको हुँदा बाजार क्षेत्रका पसलहरु बन्द गर्ने निहुमा सो कुटपीट गरिएको बताएको छ । तर पसलको समयमा नभई राती खाना पकाउने समयमा भित्र छिरी कुटपीट गरेको प्रहरीको हैकम भएको जनगुनासो छ ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना कोभिड –१९ सक्रमण हनुमाननगर कंकालिनी नपा अन्तर्गतमा पनि ब्यापक ताण्डव मचाउन थालेको अवस्थालाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले नपाले लकडाउनको घोषणा गर्नु लगते प्रहरीहरु द्वारा सक्रियता देखाउनु उचित भएपनि घरबाहिर बसेकालाई अनावश्यक कुटपीट गरिएको अर्को एक पिडित मनोज दासले बताउँछन् ।
आफ्नो बन्द पसल अगाडी २ः०० बजेको समयमा विरजु दासलाई सशस्त्र प्रहरी द्वारा कुटपिट गरिएको पिडित भनाई छ ।