भूपदेव माली, राजविराज १२ असोज ।
सप्तरी ज्ल्लिाको पूर्व दिशामा स्थित अर्थात सप्तरी र सुनसरी जिल्लालाई छुट्टयाउने कोशी नदीको पश्चिमी छेउ तिर अवस्थित कंचनरुप नपाका केही वडाहरु, तिरहुत गाउँपालिकाका केही वडाहरु, हनुमाननगर कंकालिनी नपाका सम्पूर्ण वडाहरु लगायत तिलाठी कोईलाडी गाउँपालिकाका केही वडाहरुमा गृहणी महिलाहरुले आज यस आधुनिक यूगमा पनि झारीहरु बटुलेर, केरा तथा अन्य विभिन्न रुखका पातहरु बटुलेर खाना पकाउने इंधनको रुपमा प्रयोग गर्ने गरिन्छन् । यिनीहरु ५ देखि १५ किलोमिटर बाटोको दुरी हिडेर कोशी अन्तर्गत रहेका विभिन्न झारी तथा केरा बगानबाट केरा बोटका पात ल्याएर खाना पकाउने कार्य गर्दछिन् ।
कोशी नदीको माटो बाँध भित्र बगरमा रहेका खरि घाँस, केरा बगानको सुकेका पातहरु र कोशी टप्पु बन्यजन्तु आरक्षक क्षेत्रको मध्यवर्ती क्षेत्र भित्रबाट विभिन्न प्रकारका दाउराहरु बटुलेर ल्याउने गरेको इतिहास नोलो पनि होईन । ‘हाम्रो घर भित्री देहातमा छ दाउराको अभाव सधै रहिरहनाले कोशी क्षेत्रबाट पातहरु ल्याई खाना पकाउने गरिन्छौ ।’ वहाँले भनिन ‘घरका पुरुषहरु गृहस्थी तथा बाहिरका कामहरु गरिन्छन, दाउरा संकलन एवं खाना पकाउने कार्य महिलाको जिम्मा हुदाँ खाना पकाउने कार्य महिलाको जिम्मा हुदाँ खाना पकाउने इधनको प्रबन्ध गर्नु हाम्रो जिम्मेवारी भएको टाढा गएरपनि पातहरु संकलन गरी घरआँगनमा थुपार्छौ’ हनुमाननगर कंकालिनी नपा वडा नं. ६ का ४३ वर्षिय द्रोपपतिय देवी मंडल बताउँछिन् ।
५ देखि २० जनाको समूहमा यी महिलाहरु विहान ७ देखि ९ बजेसम्मको समयमा खाना वा नास्ता बोकेर कोशी टप्पु क्षेत्रतिर लाम लागेका हुन्छन् । यिनिहरु दिनभरी पातहरु संकलन गरी बेलुकीतिर टाउकोमा पातको भारी बोकेर आ आफ्ना घर फर्किन्छन् । ‘अरुबे्ला खेतीपातीको कार्य धान रोप्नु, काटनु र गेहुँ काटन कार्य गर्छौ र फूर्सदको समयमा महिनौ भरिका लागि पातहरु संकलन गरी घर भित्रयाउने गर्छौं ।’ हनुमाननगर कंकालिनी नपा वडा नं. का ५१ वर्षिय महिला बताउँछिन । वहाँले भने ३४ वर्ष विहे भई आएको देखि यसै प्रकारका इधनबाट खाना पकाउने कार्य गर्दै आएको छु, राम्रो काठको दाउरा यदाकदा भोज कार्यमा मात्र हामी कहाँ प्रयोग हुने गरिन्छ ।’
गैसबाट वा दाउरा किनेर खाना पकाउनु भन्ने घरको आर्थिक स्थिती छैन, सात जनाको परिवार एक जना कमाउने पुरुष मान्छे छ, घर परिवार चलाउन नै धौ–धौ परिरहेका छ । यस्ता गरिव अवस्थामा पात बटुलेर नलगी खाना के बाट पकउनु ? हनुमाननगर कंकालिनी नपा वडा नं. ४ मधवापुरका ३७ वर्षिय सुनिता मंडल दुखेसो पोख्छिन् । तिरहुत गापा अन्तर्गतका महादेवपट्टी, धताटोल, धनपुरी र कंचनरुप नपाका बैरवा, मलकौर, बरमझीया, पथरी, जगतपुर, आदि ठाउँका महिलाहरु ५ देखि १५ जनाको समूह बनाई कोशी टप्पु बन्यजन्तु आरक्षकको मध्यवर्ती क्षेत्रबाट पात, झारी र साना दाउराहरु संकलन गरी खाना पकाउन घर लाने गरेका इतिहास बन्यजन्तु आरक्षक घोषणा भएपनि भित्रेको छैन । यिनी अन्यबेला खेतीवारी र घर आँगनका कामकाज गरेपनि फूर्सदको समयमा महिनौ भरका लागि पातहरु थुपारेर राखिन्छन् । गैसबाट वा दाउरा किनेर खाना पकाउनु भन्ने घरको आर्थिक स्थिती छैन, सात जनाको परिवार एक जना कमाउने पुरुष मान्छे छ, घर परिवार चलाउन नै धौ–धौ परिरहेका छ । यस्ता गरिव अवस्थामा पात बटुलेर नलगी खाना के बाट पकउनु ? हनुमाननगर कंकालिनी नपा वडा नं. ४ मधवापुरका ३७ वर्षिय सुनिता मंडल दुखेसो पोख्छिन ।