भूपदेव माली,
राजविराज १४ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाका मेयर शैलेश कुमार साह कोरोना रोगबाट मुक्त भएको खबरले वहाँको समर्थकहरु द्वारा खुशीयालीमा पूजा –अर्चना गरी प्रसाद वितरण गरेका छन् । राष्ट्रिय शिक्षक मंचको आयोजना एवं वडा नं. ३ का राजपा नेता, पूर्व प्र.अ. जयसुन्दर खिडहरी याादवको नेतृत्वमा भएको सो पूजा भारदह बाजार स्थित बजरंगवली मंदिरमा बुधवार विधिवत गरिएको हो । बेलुका तिर भएको सो पूजाको अवसरमा मन्दिर प्राङ्गणमा चारैपट्टी दियो बालिएको थियो र स्थानियहरुलाई लड्डुको प्रसाद वितरण गरिएको थियो ।
मेयर साहलाई असोज ६ गतेको पिसिआर जाँचमा कोरोना संक्रमण भएको पूष्टि पश्चात उपचार गराई रहेका थिए । बुधवार स्वस्थ्य भएको ठहर गर्दै अस्पतालबाट डिस्चार्ज गरिएको हो । वहाँ स्वस्थ्य भएको खुशीमा सम्पन्न भएको सो पूजा अनुष्ठानमा राष्ट्रिय शिक्षक मंचका उपाध्यक्ष दिनेश कुमार यादव, नगरका मनोनित सदस्य जिनाकान्त नायक, रण्जित झा, राजेश खिडहरी यादव, देवकृष्ण साह लगायत २५–३० जनाको सहभागी रहेका थिए ।
पूजा सम्पन्न भए पश्चात नेता जयसुन्दर यादवले मेयर पूर्ण रुपमा निको भएको खुशियालीमा उक्त बजरंगबलीको मंदिरमा लगतै हनुमान अराधना समेत गरिने बताएको छ ।