भूपदेव माली,
राजविराज ११ असोज ।
सप्तरीको नर्घो गाउँपालिकाको फैकरा स्थित स्वास्थ्य चौकीमा अपाङ्ता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । मेरी स्टोप नेपाल, ब्लाईण्ड यूथ एशोसियन नेपाल र सुनौलो परिवारको संयूक्त आयोजनामा भएको सो कार्यक्रममा दश जना स्वास्थ्यकर्मीहरु सहभागी रहेका थिए ।
स्वास्थ्यचौकी नर्घोका प्रमुख रामचन्द्र यादवको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेरी स्टोप कार्यालय सप्तरीका प्रमुख रोजिना लामा र विशिष्ट अतिथीको रुपमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नं. २का सदस्य विरेन्द्र चौधरी रहेका थिए भने रामचन्द्र यादवले सहजीकरण गरेका थिए ।
अपाङ्गता भएका ब्यक्तिहरुका लागि रहेका विद्यमान अवरोधहरुका बारेमा छलफल गरी ती अवरोधहरुलाई कम गर्दै स्वास्थ्य संस्थाले प्रदान गर्दै आईरहेको सेवाहरुमा प्रभावकारी पहुँच पु¥याउन प्रयास गर्ने उद्देश्यले गरिएको सो कार्यक्रम जिल्लाका विभिन्न नगर तथा गाउँपालिका समेतमा राखिने बताइएको छ ।
यसरी नै सोही कार्यक्रम छिन्नमस्ता नपाको सखडा स्थित स्वास्थ्य चौकीमा पनि सम्पन्न भएको छ । सखडामा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता स्वास्थ्यचौकी प्रमुख अनिल कुमार झाले गर्नु भएको थियो भने रामचन्द्र यादवले सहजिकरण गरेका थिए ।
सखडामा सम्पन्न भएको सो कार्यक्रममा सहजकर्ता सहित ११ जना स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।
‘अपाङ्गता भएका ब्यक्ति शारीरिक रुपमा असहाय भएका हुनाले यसलाई हरेक प्रकारले सहयोग पु¥याउनु हामी सबैको कर्तव्य मात्र नभई दायित्व हो’ प्रमुख अतिथी लामाले आफ्नो मन्तव्य राख्दै ‘खासगरी अपाङ्गता भएका ब्यक्तिहरुले स्वास्थ्य क्षेत्रमा कुनै प्रकारको कमि हुन दिनु हुदैन, हर प्रकारले सेवामा प्राथमिकता प्रदान गरिनु पर्छ ।’ भन्दै ‘अपाङ्गहरुलाई हेर्ने दृष्टि परिवर्तन गर्दै समानता ल्याउने, अपाङ्गताको प्रजनन स्वास्थ्य सेवाहरुलाई थप अपाङ्गता मैत्री बनाउने मा जोड दिनु भयो ।