भूपदेव माली,
राजविराज ०८ असोज ।
नेपालको उत्तर–पश्चिम तिर हुम्ला जिल्ला स्थित छिमेकी मुलुक चिनले नेपाली भूमी अतिक्रमण गरेकोमा नेपाली सदभावना परिषदको ध्यानाकर्षण भएको जनाएको छ ।
परिषदका संयोजक विश्वनाथ साह द्वारा विहिवार जारी गरिएको एक विज्ञप्तीमा उत्तर छिमेकी चिनको तर्फबाट ११ न.. सिमाना पिलर सारेर अतिक्रमण गरिएको प्रति परिषदले घोर आपति जनाएको छ ।
तत्कालिन सदभावना परिषद र नेपाल सदभावना पार्टीका जिवित संस्थापकहरुले गठन गरेको नेपाली सदभावना परिषदले चिन द्वारा हुम्ला जिल्लामा नेपाली भूमि अतिक्रमण प्रति नेपाल सरकार मौन बस्नु र प्रति पर्सा नेपाली काँग्रेसको कुनै प्रतिक्रिया नआउनुले राष्ट्रवादको दुर्भाग्यको सूचकको संज्ञा दिएको छ ।
देशको सिमा अतिक्रमण जस्तो संवदनशील विषयमा पनि सरकारको मौनता र प्रतिपक्षी दलको कुनै प्रतिक्रिया नआउनु लोकतन्त्र एवं समस्त राष्ट्रका लागि श्रेष्ठकर नभएको सो विज्ञप्तीमा उल्लेख गर्दै परिषदले यसप्रकारको हर्कत प्रति आपति जनाउँदै भत्सर्ना समेत गरेको छ ।