भूपदेव माली,
राजविराज ०७ असोज ।
लामो दुरीको सवारी साधनहरु चल्ने सरकार द्वारा घोषणा हुने वितिकै सडकमा मोटर गाडीहरुको लाम लाग्न प्रारम्भ भएको छ । खासगरी यात्रुवाहक बस एवं अन्य यात्रुबाहक सवारी साधनहरुमा यात्रुहरुको घुइँचो हुन थालेको देखिन्छ । सरकारले निर्धारण गरिएको मापदण्ड विपरित बसहरुमा यात्रु लिन थालेको छ । बस तथा बस सटेण्डहरुमा पनि समाजिक दुरीको खासै महत्व दिएको देखिदैन ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको भारदह बाजार स्थित काठमाडौं जाने बस सटेण्डमा काठमार्डौ जाने कामदार यात्रुहरुको घुइँचो बढेको छ । तर स्टेण्डमा यात्रा गर्नेहरुमा समाजिक दुरीको खासै ख्याल गरिएको देखिदैन । बसहरुमा यात्रु प्रयाप्त हुदाहुदै पनि यात्रा गर्न भाडा बाहेक थप भाडा रकम दिएरपनि यात्रा गर्न तयार रहेको पाईन्छ ।
नेपाल सरकारले भाडा दरमा पचास प्रतिशत भाडा दर बढोत्तरी तथा बसहरुमा आधा यात्री मात्र राखी यात्रा गर्ने मापदण्ड घोषणा गरेपनि सरकारको नियमको घोर उल्लघन भएको छ । बसहरुमा यात्रु घचाघच भरिएर लाने गरेको देखिन्छ ।
‘लकडाउनका कारण लामो समय देखि बेरोजगार भई घरमा बस्दै आएको हुदाँ बाहिर कार्य नगरी घर परिवारको भरनपोषण कसरी गर्नु ?’ ‘डिमन बस्ने एक यात्रु आफ्नो व्यथा सुनाउदै भने’ ‘दशै नजिक आउन थाले काठमाडौं गई केही पैसा आर्जन गरेर फर्किने लोभमा भाडामा केही बढी तिरेर पनि जानु पर्ने विवश्ता छ ।’
‘जान जरुरी छ, बसमा सिट छैन । तर थोरै ठाउँ पाएपनि पुग्न सकिन्थ्यो ।’ महदेवा गापा २ का अमित राउतले बताउँछन् । ‘धेरै गाडीहरु गईसक्यो, सिटको अभावमा आजपनि यात्रा गर्न असम्भव नै छ । केही पैसा थपेरपनि जान पाए हुन्थ्यो । कम्पनीको कार्य हो नपुगी जागिर जाने खतरा छ, म बाहेक अर्को सुपरभाईजर पनि छन् । ‘इनिटरियल कम्पनीका सुपरभाईजर राउतले बताए।
मुलुकभर कोरोना कोभिड १९ महामारीलाई रोकथामको उद्देश्यले सरकार द्वारा लगाएको लकडन एवं निषेधाज्ञाका कारण लामो समय देखि सर्वसाधारणहरु बेरोजगार भई आर्थिक कठनाईको सामना गर्दै आएको अवस्थामा अब लकडाउन खुलेपछि खासगरी कामदार मजदुरहरु सहरहरुमा प्रवेश गर्र्ने क्रम एक्कासी बढेपछि गाडी तथा गाडीहरुमा सिटभन्दा बढी यात्रुहरुले स्टेण्डमा पुग्न थालेपछि स्टेण्डहरु यात्रुहरुको भिड हुन थालेको हो ।
सप्तरीको भारदह, कंचनपुर, महुली कल्याणपुर स्थानको बस स्टेण्डहरुमा काठमाडौं जाने यात्रुहरुको लहर बढेको छ । राजविराजबाट काठमाडौं जाने बसहरुमा पनि यात्रुहरुको भिड बढेको छ ।