भूपदेव माली,
राजविराज, ०८ भाद्र ।
नेकपा एमालेको सप्तरीको १ नं. निर्वाचन क्षेत्रको कार्यकर्ता भेला मंगलवार हनुमाननगर कंकालिनी नपा ४ मधवापुरमा सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा सम्पन्न भएको सो भेलाको अध्यक्षता हनुमाननगर कंकालिनी नपाको नगर संयोजक देवनाथ यादवले गरेका थिएभने प्रमुख अतिथीको रुपमा पार्टीका केन्द्रिय सदस्य, प्रदेश ईन्चाज तथा प्रदेश सभा सदस्य सुमनराज प्याकुरेल रहेका थिए ।
१ नं. निर्वाचन क्षेत्र अन्तर्गत सप्तकोशी नपा, कन्चनरुप नपा, हनुमाननगर कंकालिनी नपा, तिरहुत गापा र कृष्णा सावरण गापाका नेता तथा अगुवा कार्यकर्ताहरु सहभागी भएको सो भेलामा पार्टीका संगठन सुदृढिकरण संगठन विस्तार नव पार्टी प्रवेश, प्रत्येक संगठनको रिर्पोटिङ्ग तथा पार्टीेको भावी कार्यक्रमहरुको विषयमा आधारित रहेको थियो ।
पार्टीका पूर्व जिल्ला कमिटीका उपाध्यक्ष अब्दुल मजिद, जि.कमिटीका सचिव देवनाथ यादव, जिल्लाका वरिष्ठ नेता मुरारी कार्की, पूर्व राष्ट्रि सभा सदस्य शैलेन्द्र झा(बुधन झा), कंचनरुप नपाका मेयर बंसत कुमार मिश्र, सप्तकोशी नपाका मेयर उत्तम कुमार गौतम, विभिन्न संगठनहरुका संयोजक अध्यक्ष लगायतकाले पार्टीका भावी अवधारणाको बारेमा आआफ्नो मन्तव्य राखेका थिए ।
‘हडबडले गरेको कामको परिणाम गडबड हुन्छ भने उखान हाम्रो पार्टीमा भएको फूटले सत्य सावित भएको’ प्रमुख अतिथीको आसनबाट सुमनराज प्याकुरेलले भन्नु भयो । वहाँले माओवादीसँग गरिएको पार्टी एकिकरण पश्चात पार्टी भित्रका सत्ता स्वार्थीहरुले पार्टीलाई फोडने काम गरेपनि ने.क.पा एमालेलाई खासै असर पार्न नसकेको बताए ।
आफू कम्यूनिष्ट भनाउँदा स्वार्थी तत्वहरुले पार्टीका सरकारका विरुद्धमा गई आफ्नो सरकारलाई ढालेर कांग्रेसको सरकार बनाएको सत्यलाई जनता बुझि सकेकाले जनता तिनी नभएको भन्नु भयो । वहाँले हाम्रो सरकार नेपालको ईतिहासमा सबैभन्दा उत्कृष्ट सरकारको रुपमा कार्य गरेको भन्दै सप्तरीमा वहाँका जनताले कल्पना गर्न न सकेका मेडिकल कलेज रामराजा प्रसाद सिंह स्वास्थ्य प्रतिष्ठानका ेशिलन्यास राजविराजमा गरिएको उदाहरण भएको बताए ।