लिलाकान्त यादव,
राजविराज, ०८ भाद्र ।
सप्तरीको पूर्व पश्चिम लोकमार्गमा कंचनरुप नपा स्थित बरमझीया, हनुमाननगर कंकालिनी नपाको ३ पोर्ताहा तथा वडा नं. १ भारदह स्थित पक्की सडक विभिन्न ठाउँहरुमा भत्किएर दुर्घटनाको सम्भावना बढेको छ । हनुमाननगर कंकालिनी नपा ३ पोर्ताहाको बजरंगबली मन्दिर स्थित सडक भत्किएर एक फिट गहिरो खाल्टोका कारण सोमवार राती जर्सी गाई बाहक ना.२ ख ९४५७ नं. को ट्रक पल्टिएर दुर्घटनामा परेको हो ।
बर्षाका पानीका कारण विभिन्न ठाउँमा सडकमा खाल्टो हुने भएकाले सो ठाउँहरुमा खासगरी रातीकाृ समयमा आवतजावत गर्ने वाहन विग्रिने वा पल्टिने स्थिती रहेको सम्बन्धित निकायलाई थाहा हुदाँ हुदै पनि चासो नराखिएको स्थानियहरुले बताउँछन । ६।७ महिना पूर्व सो ठाउँहरुमा सडक मर्मत सम्भार कार्य भएपनि कम्जोर वा गुणस्तरहिन कार्य गर्नाले वर्ष नलाग्दै पूनः भत्किएको जनगुनासो रहेको छ । https://youtu.be/me43xEGvbxU https://youtu.be/me43xEGvbxU
भारदह बाजार स्थित रहेको शहिद चौकको गोलम्बर स्थित सडक भत्किएर ठाउँ नै संकिर्ण भएर सवारी साधनहरुलाई मोडन घुमाउन अप्ठयारो भईरहेको बाहन चालकहरुले बताउँछन् ।