उमेश यादव…
राजविराज, १२ भदौं । सप्तरीको बलान बिहुल गाउँपालिकामा एकजना बालिका पोखरीमा डुबेको ७ घण्टा पछि जिउँदो बाहिर निस्किएकी छिन् ।
बलान बिहुल गाउँपालिका वडा नं. ६ रौटहट स्थित ठाकुर बाबा पोखरीमा डुबेको ७ घण्टा पश्चात स्थानीय राम कुमार दासकी १४ वर्षिया बालिका मुनचुन दास जिउँदै बाहिर निस्किएकी हुन् ।
बिहीवार दिउँसो ५ बजेतिर मुनचुन सहितका ९ जना बालिका ठाकुरबाबा पोखरीको डिलमा घाँस काट्न गएकी थिईन । सोही क्रममा मुनचुनले पोखरीमा मनमोहक कमलको फुल देखिन र सो फुल टिप्ने आकांक्षा सहित उनी पोखरीमा पसिन र करिब ५ बजेर १७ मिनेटरमा मुनुचुन पोखरीमा डुबेकी थिइन उनकै साथीलाई उद्धृत गर्दै स्थानीय झबर साहले जानकारी दिएका छन् ।
पोखरीमा बालिका डुबेका हल्ला चौतर्फी फैलिए पछि स्थानीयबासीहरुको ठुलो भिड पोखरीको डिलमा लाग्यो र सोही क्रममा पोखरी नजिकै रहेको मन्दिरको पुजारी हरि साह समक्ष पूजापाठका गर्न स्थानीय पुगेको बताइएको छ । पुजापाठकै क्रममा पुजारी साहले चिन्ता नलिन सबैलाई आग्रह गर्दै बालिका राति १२ बजेसम्ममा पानीबाट सकुशल निस्किने भविष्यवाणी समेत गरेको झबरले बताए ।
बालिका डुबेको घटना पश्चात पोखरीमा डिलमा स्थानीय सहित स्थानीय प्रशासन समेत खोजतलासका लागि पुगेको र शुक्रवार बिहान गोताखोर बोलाई बालिकाको खोजतलास गर्ने निर्णय समेत प्रहरीले गरेका थिए । तर सबैलाई आश्चर्यचकित पार्दै स्थानीयबासीहरुकै सामुन्ने बिहीवार राति करिब १२ बजे मुनचुन पानीले भिजकै अवस्थामा पोखरीबाट बाहिर निस्किए । मुनचनुलाई ७ घण्टा पश्चात पोखरीबाट सकुशल निस्केको देखेर स्थानीयबासी लगायत स्थानीय प्रशासन समेत आश्चर्यचकित भएको बताइएको छ ।
७ घण्टाको अन्तराल पश्चात पानीबाट सकुशल निस्किएको हल्ला पश्चात हजारौं हजारको संख्यामा मानिसहरु बालिकालाई हेर्न रौतहट पुगेको स्थानीयबासीहरु बताउँछन् ।
यत्ता घटना सत्य नै हो भन्दै बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले समेत आश्चर्य व्यक्त गरेको छ । अध्यक्ष गोइतले भने– “कलयुग हो यस्तो घटनामा सत्य र असत्य भन्न मिल्दैन । तर, घटनाको प्रकृति हेर्दा मलाई आफैं आश्चर्य लागेको छ ।”
घटना पत्यारिलो भएको कारण यसमा बढी टिका टिप्पणी गर्न सकिँदैन भन्दै अध्यक्ष यादवले घटनाको सम्बन्धमा वैकल्पि एजेन्सीहरुसँगको सहयोग लिदै घटनाको सत्यतथ्य बाहिर ल्याउने आफु कुनै कसर नराख्ने भने । अध्यक्ष गोइतले बालिका शारीरिक रुपले स्वास्थ रहे पनि मानसिक रुपमा डराएको बताए ।