उमेश कुमार यादव,
राजविराज, ०३ मंसिर ।
सप्तरीको बोदेबरसाईन नपा अन्तर्गत बरसाईनको धर्मशालामा सामुदायिक प्रहरी साझेदारी अभियान द्वारा महिला हिंसा, लागुऔषध दुव्र्यसनी, जातिय भेदभाव र छुवाछुत विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय बरडबोनाका प्रहरी निरिक्षक विरेन्द्र पासमानको नेतृत्व तथा इलाका प्रहरी कार्यालय बोदेबरसाईनको संयूक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता वडा नं. ५का वडा अध्यक्ष मो. मजेबुल रहमानले गरेका थिए भने प्रमुख उत्सव बिष्ट रहेका थिए ।
सम्पन्न सो कार्यक्रममा महिला माथि हुने हिंसा, यूवा पिढीका यूवायूवतीहरुले लागु औषधमा लागिएको र छुवाछुतबाट हुने मानवीय छेती बारे बृहद विश्लेषण सहितको चर्चा गरी यस प्रकारको छेतीबाट बच्न र समाजलाई बचाउन रोकथाम सम्बन्धीत उपायहरुको बारेमा सचेत गराएको थियो ।
साढे आठ बजेतिर प्रारम्भ भएको सो कार्यक्रममा नगर व्यापार संघका सचिव अनिल प्रसाद सिंह, स्थानिय बुद्धिजीवीहरु, राजनितिकर्मी खगेन्द्र प्रसाद यादव, गणेश साह, सुमन सिंह, अमरेन्द्र चौरसिया, लगायत सो क्षेत्रका यूवा, किसान, व्यापारी सहितको उपस्थिती रहेको थियो ।