श्यामसुन्दर यादव,
राजविराज ०६ असोज ।
सप्तरीको डाक्नेश्वरी नपाको वडा नं. ५ स्थित नगर सभा हलमा राष्ट्रिय शिक्षक मंच सप्तरीको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।शिक्षा जगतका बिभिन्न समस्याहरु सम्बन्धमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष राम अशिष रायले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा डाक्नेश्वरी नपाका राजपाका नगर संयोजक ओम प्रकाश यादव रहेका थिए ।
जिल्लाका विभिन्न स्थानबाट मंचसँग आवद्ध शिक्षकशिक्षिकाहरु सहभागी भएको सो कार्यक्रममा विशिष्ट अतिथीको रुपमा राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव तथा सिरहा क्याम्पसका उपप्राध्यापक एवं राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संगठनका सदस्य अनिल कुमार मंडल रहेकाथिए । करिब तिन घण्टा लामो समय सम्म चलको सो कार्यक्रममा विद्यार्थी नेता शम्भु कुमार यादव, रा.प्रा.वि. विरपुरका शिक्षक चुनचुन यादव, रा.प्रा.वि हटेलका शिक्षक जितेन्द्र यादव, राष्ट्रिय शिक्षक मंचका केन्द्रिय सदस्य सुभाष कुमार साह, राष्ट्रिय शिक्षक मंचका जिल्ला सचिव ब्रम्हदेव सदा, रा.प्रा. वि. गोविन्दपुरका प्र.अ. गीता देवी पण्डित, राष्ट्रिय विद्यार्थी मंच सप्तरीका इन्चार्ज रञ्जित यादव, राष्ट्रिय शिक्षक मंच छिन्नमस्ताका सचिव सत्य नारायण शर्मा,राष्ट्रिय शिक्षक मंच डाकनेश्वारी नगर समितिका अध्यक्षक अरुण कुमार पण्डित ,बरिष्ठ उपाध्यक्षक बिरेन्द्र कुमार चौधरी, उपाध्यक्षक कुन्दन यादव ,सचिव बिरेन्द्र प्रसाद यादव,स सचिव कृष्णदेव चौधरी ,कोषाध्यक्ष दिनेश कु यादव ,सदस्यहरु तुलाकांत साह ,रिन्कु गुप्ता ,ओम प्रकाश मण्डल ,कामेश्वर सदाय , जितेन्द्र प्र साह ,प्रमिला कुमारी राय ,नरेन्द्र कु पण्डित लगायतका सहभागिता रहेका थिए ।
कार्यक्रममा संगठनको भावी कार्यक्रम तथा सिक्षा जगतका विभिन्न समस्याहरुका समाधानका बारेमा प्रमुख बक्ताहरु नेता शम्भु कुमार यादव , राष्ट्रिय शिक्षक मंचका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार यादव र केन्द्रीय सदस्य शुभाष कुमार साहले मन्तब्य राख्नु भएको थियो र सो कार्यक्रमको संचालननगर समितिका शिक्षक पुलकित मुखिया द्वारा गरिएको थियो ।