उमेश कुमार यादव,
राजविराज, ०२ असोज ।
इन्टेलेक्चुअल फाउण्डेशन नेपालको आयोजनामा र बलानबिहुल गाउँ पालिका तथा आसमा नेपालको सहयोगमा ‘शिक्षाको महत्व र आवश्यकता शीर्षकमा गाउँपालिका स्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा मावि स्तरका ८ जना छात्र÷छात्राहरुले आफ्ना मन्तव्य राखेका थिए ।
डा. सुर्य प्रसाद यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपामा बलान विहुल गापा अध्यक्ष खेमचन्द्र यादव, विशिष्ट अतिथीको रुपमा मधेश प्रज्ञा प्रतिष्ठानका संचालक समिति सदस्य दिनेश कुमार यादव र बलान बिहुल गापाका उपाध्यक्ष रेणु यादव लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, गाउँपालिका वडा अध्यक्षहरु, वडासदस्यहरु, कार्यपालिकाका सदस्यहरु, विद्यार्थीका अभिभावक र शिक्षक÷शिक्षिकाहरु समेतको उपस्थिती रहेको थियो ।
वक्तृतवकला प्रतियोगितामा मावि मौहाका कक्षा ९ का छात्रा मोनिका कुमारी यादवले प्रथम, मावि मौहाका कक्षा १० का छात्र श्याम सुन्दर मंडल द्धितिय, र
मावि रामनगरका कक्षा ९ का छात्र मिथलेश कुमार यादव तृतिय भएका थिए । उत्कृष्ट तिनवटै छात्र÷छात्राहरुलाई पुरस्कृत गरेका छन् ।
कार्यक्रम संचालन शिक्षा संयोजक दिनेश मंडलले गरेका थिए भने मुल्याङ्कनकर्ताको रुपमा धर्मदेव यादव, रामबालक यादव लगायत रहेको थियो ।प्रमुख अतिथी बलान विहुल गापा अध्यक्ष खेमचन्द्रले शिक्षा वास्तविक अर्थ बौद्धिक, शारीरिक, समाजिक , आर्थिक , भौतिक , नौतिक सम्पूर्ण पक्षको वा व्यक्तिको सर्वाङ्गीण विकास गराउनु हो । शिक्षाले मानिसलाई अन्धकारवाट उज्जयालो तर्फ लम्काउँछ । शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो भने मन्तव्य राखेका थिए ।
विशिष्ट अतिथी दिनेश यादवले शुभकामना तथा धन्यवाद मन्तव्य राखेका थिए सुर्य प्रताप यादवले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन गरेका थिए ।