उमेश कुमार यादव,
जनकपुरधाम, २८ साउन ।
सिरहाको लक्ष्मीपुर पतारी वडा नं. २ निवासी शास्त्रीय संगीतकार तथा गायक स्व . गुरुदेव कामत ज्यूको ६९ वर्षमो निधन भएको दुखद घडीमा मधेश पज्ञा – प्रतिष्ठान द्वारा प्रतिष्ठान का अध्यक्ष राम भरोस कापड़ी भ्रमर को अध्यक्षतामा स्व . गुरुदेव कामत ज्यूको १३ औ दिनको पुण्य तिथिमा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम गरी मनाइयो ।
शास्त्रीय संगीत तथा गीत संगीत क्षेत्रमा देश विदेशमा आफ्नो पहिचान बनाएर योगदान पु¥याउने स्वर्गीय गुरुदेव कामत प्रति हार्दिक श्रद्धाजली अर्पण गर्न प्रतिष्ठानका सदस्यद्धय दिनेश यादव , डा देव नारायण यादव , शाखा अधिकृत मेनका झा, प्रज्ञा प्रतिष्ठानका पूर्व प्रशासकीय अधिकृत दानी कान्त झा, उत्तिम लाल कापडी, सुर्यनाथ यादव , प्रेस मंच धनुषाका अध्यक्ष अर्जुन कुमार मंडल , सुनिल कुमार मंडल, वलिराम कापडी, आमिन राइन लगायतकाले स्व. कामत प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । श्रद्धाञ्जली मन्तव्यमा अध्यक्ष कापडीले स्व. कामतले दिनुभएको अतुलनीय योगदानलाई जति प्रशंसा गरे पनि कमै हुन्छ, उहाँको उच्च मूल्याङ्कन सदैव कायम रहने किसिमका कार्य गर्न प्रतिष्ठान र आफु पनि जुन सुकै वेला अग्रसर रहनुको साथै रतिभर पछाडि नपर्ने बताएका छन ।