उमेश कुमार यादव,
जनकपुरधाम, २७ साउन ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ धनुषाको संयुक्त बैठक द्वारा मधेश प्रदेश सरकारको विरुद्धमा ३ दिने कार्यक्रम सार्वजानिक गरेका छन् ।
हालै गठन भएको २० जनाको मंत्रीमंडलबाट प्रदेशको जनतामा आर्थिक भार थप भएको आर्थिक अनियमितता, शिक्षा, स्वास्थ्य, कृषि वेरोजगारी बेथितीको विरुद्धमा कार्यक्रमहरु सार्वजनिक गरेका छन । प्रदेशमा भईरेहको गलत क्रियाकलापहरुको विरुद्ध धनुषा जिल्लाका जसपा नेपाल निकट धनुषाका युवा, विद्याथीहरुकोे संयुक्त बैठक बसी तीन दिनका लागी विभिन्न कार्यक्रमहरु सार्वजानिक गरेका छन् । जसमा २०८१।०४।२८ गते सिटी जुलुस सहित खबरदारी जुलुस, २०८१।०४।२९ गते माननीय मुख्य मंत्रीलाई ज्ञापनपत्र र २०८१।०४।३० गते धर्ना कार्यक्रम रहेका छन ।
केही दिन अगाडी जसपा नेपाल निकट मधेश प्रदेश कमिटिका युवा, विद्यार्थीहरुले मधेश प्रदेश सरकारको विरोधमा जनकपुरको रमानन्द चौकमा कुर्सी जुलुस समेत निकालेका थिए ।
धनुषा जिल्लाका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुनिल मंडल र समाजवादी यूवा संघका अध्यक्ष दिपेन्द्र कापडी द्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रेस विज्ञप्तिमा उल्लेखित कार्यक्रमहरु सकिए पछी पुनः बैठक बसी अगामी कार्यक्रमहरुको घोषणा गरिने समेत उल्लेख गरिएको छ ।