उमेश कुमार यादव,
राजविराज २२ भाद्र । कोरोना महामारीबाट पीडित रहेको सप्तरीको बोदेबर्साइन नगरपालिकामा बौलाहा कुकुरको आतंक बढेको छ ।
सोमवार बोदेबर्साइन नगरपालिकामा बौलाहा कुकुरको टोकाईबाट दुई जना गम्भिर घाइते भएका छन् । कुकुरको टोकाईबाट बोदेबर्साइन नगरपालिका वडा नं. १० अमरैयाका राम भरोसी यादवका छोरा सन्नु कुमार यादव र बालेश्वर यादवकी ४९ वर्षिय पत्नी सुशिला देवी यादव गम्भिर घाइते भएका छन् ।
घाइतेहरुको उपचार बर्साइन स्थित स्वास्थ्य चौकीमा भईरहेको छ भने बौलाहा कुकुरको टोकाईबाट करिब एक दर्जन भन्दा बढी चौपाया समेत घाइते भएको बताइएको छ । रेविज हुन सक्ने भयले नगरका मानिसहरु त्रसित भइ सो पहेलो तथा कालो रंगको उक्त बौलाहा कुकुरलाई मार्न खोजी रहदा अनतः एक झारीमा कुकुर लुकेको अवस्थामा देखेपछि मार्न सफल भएको बताएको छ ।