उमेश कुमार यादव,
राजविराज, १८ साउन ।
सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिकाका मेयर आतेश कुमार सिंहलाई नगरका किसानहरुले नगरलाई तत्काल सुख्खा क्षेत्र घोषणागरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्नेसहितका पाँच सूत्रीय माग सहितको ज्ञापन पत्र बुझाएका छन्।
किसान संघर्स समिति बोदे बर्साईनले एक कार्यक्रमको आयोजना गरि बिहिवार किसान संघर्स समिति बोदे बर्साईनका संयोजक श्रीप्रसाद भगतको नेतृत्वमा बोदे बर्साईन नगरपालिकाको कार्यालय पुगेका एक टोलीले नगर प्रमुख सिंह यादवलाई ज्ञापनपत्र बुझाएको हो ।
किसान संघर्स समिति बोदे बर्साईनको संयुक्त टोलिमा वडाध्यक्ष मो.मोजिबुर रहमान,वडाध्यक्ष राज कुमार यादव ( बिरेन्द्र) स्थानीय बुद्धिजीवी मो . गफुर , अरुण कुमार यादव , अनिल प्रसाद सिंह , मो जमिर पत्रकार उमेश कुमार साह सहितको सहभागिता रहेको थियो ।
ज्ञापनपत्रमा लामो समयदेखि सप्तरीको विभिन्न पालिका सहित बोदे बर्साईन नगरपालिकामा वर्षा नभएर आमनागरिक र किसानले पानीको अभावमा खेतीपाती गर्न नसकेकाले तत्काल सुख्खा क्षेत्र घोषणा हुनुपर्ने, सप्तरी जिल्ला सहित नगरपालिकामा हाल फैलिएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणकाका लागि भ्याक्सिनको व्यवस्था गर्नुको संगै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग उल्लेख छ ।
त्यस्तै, किसानका लागि उन्नत वीउविजन, सिँचाइ तथा मलखाद सरल र सहज उपल्बधताको सुनिश्चितता गर्नुपर्ने, कृषि विद्यूतीकरणसँग आवद्ध भएका किसानका लागि २४ घण्टा विद्युत आपूर्तिको व्यवस्थापन गर्नुको साथै राहतस्वरुप कृषि विद्युत मिटर नगरपालिकाले किसानलाई सहज रुपमा उपलब्ध गर्नु पर्ने माग गरिएको छ।
बोदे बर्साईन नगरपालिकामा कृषि तथा पशु अनुसन्धान प्रयोगशालाको व्यवस्था हुनुपर्ने सहितको मागहरू रहेको छ । समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख यादवले नगरपालिकामा तत्काल देखिएको खानेपानीसहित कृषि कर्मका लागि आवश्यक पानीको समस्या बारेमा स्थानीय सरकार गम्भीर रहेको बताउँदै नगर प्रमुख यादवले यस विषयमा ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय , कृषि तथा पशुपन्छी बिकास मन्त्रालय र अन्य सरोकारवालाको विज्ञसँग छिटो छलफल गरेर आफू पनि सर्वदलीय बैठक बोलाएर समस्याको समाधानका लागि अगाडि बढिसकेको बताए ।
उहांले यस प्रकारको समस्या यस वर्ष मात्रै नभएर आगामी दिनमा पनि हुनसक्ने भएकाले बोदे बर्साईन नगरपालिका सहित सम्पुर्ण स्थानीय सरकारले यसको दीर्घकालीन समाधानका लागि आगामी दिनमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।