उमेश कुमार यादव,
राजविराज, २९ भाद्र ।
सप्तरीको बोदे बरसाईन नपा ५ भाटिन स्थित श्री जनता आधारभूत विद्यालयमा विगत ३४ वर्ष देखि अनवरत रुपमा सेवा पु¥याउदै आएका अवकाश प्राप्त शिक्षक मो. कासिम मियाँलाई बुधवार एक कार्यक्रम बिच सम्मान सहित विदाई गरेका छन् ।
मियाँ जनता आधारभूत विद्यालयमा निष्ठापूर्वक शिक्षक देखि प्रधानाध्यापक सम्मको सेवा अनवरत रुपमा गर्दै आएको र मिति २०७९ जेष्ठ ५ गते निवृत भएको हुदाँ विद्यालय द्वारा आयोजित विदाई समारोह विच दोसल्ला आढाई एवं सम्मान पत्र सहित विदाई गरेको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मो.अनवारुल हकका ेअध्यक्षता एवं उपमेयर रेणु कुमारी साहको प्रमुख आतिथ्यमा सम्पन्न सो विदाई समारोहमा रामाकान्त यादव, मो. गफुर, बृजविहारी पंडित, वडा नं. ५ का वडा अध्यक्ष मो. मोजीबुर रहमान लगायतकाले अवकाश प्राप्त शिक्षक मियाँको विद्यालयमा दिएको योगदान बारेमा वहाँको प्रशंसा सहितका विचार राखेका थिए ।