उमेश कुमार यादव,
राजविराज, २८ भाद्र ।
जनता समाजवादी पार्टी नेपालबाट सप्तरीको क्षेत्र नं. ४ ख बाट प्रदेश सभाका लागि प्रत्यक्ष उम्मेदवार अनिरुद्ध प्रसाद यादव हुनुपर्ने नभए हामीले बहिष्कार गर्ने जसपा बोदेबरसाईन नगर समितिले निर्णय गरेको छ ।
जसपा नेपालका बोदेबरसाईन नगर समितिका अध्यक्ष अरुन कुमार यादवको अध्यक्षता सम्पन्न सो बैठकमा समानुपातिक तर्फबाट श्रीमति गिता यादव, श्रीमती किरण कुमारी यादव, मो. गफुर, श्रीमती भजनी देवी ठाकुरको नाम सिफारिस गरी जिल्ला कमिटीमा पठाईने निर्णय गरेको छ ।
जसपाका केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो बैठकमा केन्द्रिय सदस्य गीता यादव, जसपा संघिय परिषद सदस्य आशिष यादव लगायत सैकडौ नेता तथा तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।