उमेश कुमार यादव,
राजविराज, २६ भाद्र ।
सप्तरीको बोदे–बरसाइन नगरपालिका वडा नम्बर –९ देउरीमा बर्षेनी आयोजना हुने भब्य नाग बाबा मेलाको सनिवार नगर प्रमुख आतेश कुमार सिंह यादवले एक कार्यक्रम बीच उद्घाटन गरेका छन्।
प्रत्येक वर्ष भदौ पूर्णिमाको दिन आयोजना हुने सो नाग बाबा मेलालाई अझ आकर्षक एवं ब्यवस्थित गर्दै भब्य नागबाबा मेलाको प्रमुख अतिथिको रुपमा मेयर यादवले उद्घाटन गर्नु भएको हो।
वडा नम्बर ९ का वडाध्यक्ष तपसी यादवको अध्यक्षता सम्पन्न भएको सो मेला उद्घाटन समारोहमा विशिष्ट अतिथि वडा नम्बर –१० का वडाध्यक्ष सुनित कुमार यादव, वडा नम्बर –२ का वडाध्यक्ष राम प्रसाद राम, ईलाका प्रहरी कार्यालय बरसाइनका प्रमुख गंगाराम चौधरी, शसस्त्र प्रहरी वेश क्याम्प बरसाइनका जयराम मण्डल, लगायतका उपस्थिती रहेको थियो।
यस वर्षको मेलामा रहेको मुर्ती दाता प्रेम कुमार यादव रहेको र मूर्तिकार राम दुलार यादव रहेको जनाएको छ। यसैगरी मुर्ती हातमा राखिएको चांदीको बाँसुरी यदुराज ट्रेडर्सका प्रोप्राइटर मिथलेश यादवले प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ।