उमेश कुमार यादव,
राजविराज १८ भाद्र ।
जसपा नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टी एकिकरण भएपश्चात पूर्व समाजवादी र राजपाका अगुवा कार्यकर्ताहरु विच सदभाव, भाईचाराको भावना सिर्जित पार्ने उद्देश्यले गरिएको सो भेला बोदेबरसाईन नपाका तिन स्थानमा सम्पन्न भएको छ । नगरका वडा नं. २, गौरा स्थित गुलेली यादवको निवास, वडा नं. ३ स्थित मा.वि.को प्राँगण र वडा नं. ७ मानराजा स्थित मा.वि.को प्राँगणमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा जसपाका केन्द्रिय नेता एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव रहेका सयौं कार्यकर्ताहरु सहभागी भएको सो कार्यक्रममा नगर प्रमुख आतेश कुमार सिंह यादव, पूर्व दुर्व पार्टीैका नगर अध्यक्षद्वय अमरेन्द्र प्रसाद यादव र अरुण कुमार यादव, वडा नं. १०का वडा अध्यक्ष सुमित कुमार यादव, वडा नं. ३का वडा अध्यक्ष दिगम्वर प्रसाद यादव, जि.स. समितिका सदस्य मो. दाउद हुसैन, नेतागण सुरेन्द्र यादव, राजेश्वर प्रसाद राय, झवर साह, राष्ट्रिय शिक्षक मंचका केन्द्रिय उपाध्यक्ष दिनेश कुमार यादव लगायतको सहभागिता रहेको थियो ।
पार्टी एकिकरण भयो अव हामी धेरै नै बलियो भएका छौं । हामी सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एकजुट भई सक्रियरुपमा जनताको घर–दैलो पुग्न सक्यो भने कम्यूनिष्ट र काँग्रेस झै बलियो पार्टीको रुपमा उभर्न सक्छौ’ कार्यक्रममा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंहले भने । वहाँले भन्नु भयो ‘मधेशको हितका लागि जसपा नेपाल एक मात्र विकल्प रहेको र यसले मधेशी माथिको विभेदलाई अन्त्ये गरिने’ विचार राख्दै ‘यतिवेला नागरिकता विधेयकको विरुद्धमा हाम्रो पार्टी लागी परेको छ । यसलाई संसोधन नगरे हाम्रो पार्टी आन्दोलनका लागि सबैले तयार रहनु पर्ने’ मा जोड दिनु भयो ।
कार्यक्रममा समाजवादी यूवा संघका प्रदेश कमिटी अध्यक्ष एवं बोदेबरसाईन नपाका मेयर आतेश कुमार सिंह यादवले भन्नु भयो । ‘यूवा नै देशको कर्णधार भएको हुनाले अव देश तथा मधेशी जनताको सर्वाेपरी हितका लागि काँधमा –काँध मिलाएर हिडने बेला आएको छ । पूर्वका यो पार्टी र त्यो पार्टी विर्सेर एकजुट भई गाउँ–शहर सम्म सक्रिय रुपमा पार्टीको काम गर्नु पर्दछ ।’
जसपाको सो कार्यकर्ता भेला अनौपचारिक भएपनि कार्यकर्ताहरुको जोश उत्साह प्रशसनीय रहेको थियो, विहानै देखि प्रारम्भ भएको सो कार्यक्रम बेलुकी सम्म तिनै स्थानमा सम्पन्न भएको छ ।