उमेश कुमार यादव,
राजविराज, १५ भाद्र ।
सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का लागि जनता समाजवादी नेपाल द्वारा प्रतिनिधि सभा कमिटि गठन गरेको छ ।
सप्तरी बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ स्थित धर्मशाला भवनमा जसपा नेपाल द्वारा आयोजित क्षेत्रिय भेला कार्यक्रममा सो प्रतिनिधिसभा गत कमिटी गठन गरिएको हो ।
गठित समितिको अध्यक्ष पदमा अमरेन्द्र कुमार यादव उपाध्यक्ष पदमा मोहमद साबिर र विजय यादव सचिव पदमा मोहम्मद इजरायल सहसचिव पदमा मो. अलाउदिन र श्रीमती केन्दुला झा सर्वसहमतिबाट चयन गरिएको छ ।
गंगा राम यादवको अध्यक्षतामा गठन गरिएको छ सो समितिलाई पूर्णता दिन आगामी भदौ २० गते भदियामा हुने दोस्रो भेलामा दिने समाचार पाप्त भएको छ ।
आयोजित भेलामा जसपाका राजनीतिक समिति सदस्य अनिरुद्ध कुमार सिंह, केन्द्रीय सदस्य श्रीमती गीता देवी यादव, केन्द्रीय सदस्य महेन्द्र प्रसाद चौधरी, केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद साह, मधेश प्रदेश सदस्य मनोजकुमार यादव सप्तरी जिल्लाका उपाध्यक्ष अब्दुल हुसैन, जि.स. श्रीमती किरण देवी यादव लगायत सैकडौ नेता तथा कार्यकताहरुको उपस्थित रहेको थियो ।