उमेश कुमार यादव,
राजविराज, ३१ असार ।
कृषि तथा पशुपंक्षी मंत्री मृगेन्द्र कुमार सिंह यादवलाई गृहनगर बोदेबरसाईनका जनताले भव्य एक कार्यक्रम विच स्वागत गरेका छन् ।
आफ्नो नगरका कर्मठ, इमान्दार, समाजसेवी नेता राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले मंत्री बने पश्चात पहिलो पल्ट गृहनगर प्रवेश गरेको हुदाँ स्थानिय द्वारा सो स्वागत गरेका हुन् ।
बोदेबरसाईन नपाका मेयर आतेश कुमार सिंह यादवको अध्यक्षतामा सम्पन्न सो स्वागत कार्यक्रममा जसपा नेपालका के.स. मनिष सुमन, अनिरुद्ध प्रसाद सिंह, के.स.चेतना यादव, के.स. राजेश्वर खंग, के.स.महेन्द्र प्रसाद चौधरी, के.स. बिनोद चौधरी, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश कुमार यादव लगायत प्रदेश कमिटि सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटी सदस्य, स्थानिय बुद्धिजीवी, व्यापारी, तथा सैकडौ स्थानियहरुको उपस्थिती रहेको थियो । नेता वि.पी. मण्डल तथा राजेश्वर रायले मंच संचालन गरिएको कार्यक्रममा मंत्री सिंह यादवलाई फुलमाला तथा दोसल्ला ओढाएर सम्मान तथा स्वागत गरिएको थियो ।